धार्मिक तथा जातिय विभेदका सवालमा अन्तरक्रिया

नेपालगन्ज : बाँकेको खजुरामा धार्मिक तथा जातिय विभेदका सवालहरु न्युनिकरणका लागि सरोकारवाला विच अन्तरक्रिया गरिएको छ । अन्तरधार्मिक शान्ति संजाल बाँकेको आयोजना अन्तरधार्मिक शान्ति महासघं नेपालको सहयोग तथा जन जागरण समाज खजुराको सहजिकरणमा अन्तरक्रिया गरिएको थियो ।

अन्तरधार्मिक शान्ति संजाल बाँकेका सदस्य अकिल अलि शेखको अध्यक्षतामा भएको अन्तरक्रियामा बोल्ने अधिकाशंले धार्मिक तथा जातिय विभेदका सवालहरुमा चर्चा गरेका थिए । धार्मिक तथा जातिय विभेद न्यनिकरण गर्न बाँकेको खजुरा र जानकी गाउँपालिकामा आफुहरु समुहगत रुपमा छलफल गरि समस्याको समाधान निकाल्ने गरिएको उल्लेख गरे । हामिहरु धार्मिक तथा जातिय विभेदका सवालमा सधै एकजुट हुन्छौं र समाजमा हिंसा भड्कन दिने कुनैपनि क्रियापलाप गर्दैनौ जन जागरण समाजका अध्यक्ष खेमराज बर्माले बताए ।

बर्माले विभिन्न धर्म मान्ने समुदाय समुदाय स्तरमा रहेकाले सबै मिलेर एक आपसको धर्मलाई सम्मान गर्ने र सोहि अनुरुप सहयोग र सहकार्य गर्ने गरेको बताए । जात जातिका नाममा समुदायमा हुने विभेद न्यूनिकरण गर्न सरोकारवालाहरु गम्भिर हुनुपर्नेमा सबै सहभागिको जोड थियो । जन जागरण समाजका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले सबै धर्म र जाती विचको एकताले नै खजुरा र जानकी पालिका क्षेत्रमा सदभाव कायम रहिरहेको बताए ।

समुदायमा आउने समस्यालाई धर्मगुरु तथा अगुवाहरुले छलफलका माध्यम बाट समस्या समाधान गरिदै आइएको उल्लेख गर्दै कार्यकारी व्यवस्थापक पुनले यसरी आत्मियता, सदभाव र मेलमिलापको सन्देश समाजमा दिएको बताए ।

प्रतिक्रिया