बुटवल : लुम्बिनी प्रदेश सरकार विस्तारका सन्दर्भमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन ९अनन्त० र नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनबिच छलफल भएको छ ।
दाङको चोखेरामा भएको छलफलमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्व सभामुख ओनसरी घर्ती र माओवादी संसदीय दलका नेता जोखबहादुर महराको पनि सहभागिता रहेको बताइएको छ ।
भेटघाटमा सरकार विस्तार गर्दा मन्त्रालय थप्ने या नथप्ने विषयमा सामान्य छलफल भएको जनाइएको छ । यसैगरी संसदीय समिति सभापतिको विषयमा पनि सामान्य छलफल भएको नेताहरुले बताएका छन् ।