काठमाडौं : बलिउडका बादशाह भनेर चिनिने शाहरुख खानले आफ्नै ओटीटी ल्याउन लागेको संकेत गरेका छन्। शाहरुखले सामाजिक सञ्जालमार्फत आफ्नो ओटीटी प्लेटफर्म आउने संकेत गरेका हुन्।
मंगलबार शाहरुखले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै ओटीटी प्लेटफर्मको दुनियाँमा केही हुन लागेको बताएका थिए। सँगै राखिएको तस्बिरमा ‘एसआरके प्लस’ लोगो पनि देखिएको थियो, जसमा ‘छिट्टै आउँदै’ उल्लेख पनि गरिएको छ।
शाहरुखको यो पोस्टसँगै उनले आफ्नै नामको ओटीटी प्लेटफर्म ल्याउन लागेको संकेत गरेको बुझिएको छ। ओटीटी प्लेटफर्म यस्तो माध्यम हो, जहाँ निश्चित रकम तिरेर भिडियो सामग्री हेर्न सकिन्छ।