कोइला कम्पनीमा आगलागी हुँदा ११ जनाको मृत्यु

बेइजिङ : चीनमा आगलागीमा परी ११ जनाको मृत्यु भएको छ । चीनको लुलियाङ प्रान्तको शान्सी प्रान्तमा रहेको एक कोइला कम्पनीको भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको हो ।

यो घटना स्थानीय समय अनुसार बिहान करिब ७ बजेको हो। उक्त घटनापछि हालसम्म भवनबाट ६३ जनालाई बाहिर निकालिएको छ, जसमध्ये ५१ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल नजिकै उद्धार कार्य जारी छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया