लिल बहादुरकै कारण राधिकाको घरमा खुसि छायो( तस्बिर सहित )

नेपालगन्ज : बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ धवलागिरीकी राधिका परियारको घरमै खबरगन्ज मिडियाको टिम पुगेर राहत प्रदान गरेको छ । घरमा खान समेत मुस्किल रहेको भिडियो खबरगन्जले प्रसारण गरेपछि खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ घर भएका हाल अमेरिका बस्ने लिल बहादुर थापाले राधिकाको परिवारको लागि ६ महिना पुग्ने खाद्यान्न सामग्री, न्यानो फाइबर सिरक लगाएत अत्यावश्यक सामग्रीहरु प्रदान गर्न सहयोग रकम पठाएका थिए ।

थापाले खबरगन्जको टिम लिडर तथा प्रवन्ध निर्देशक खगेन्द्र दाहाललाई सहयोग रकम पठाउदै विपन्न आर्थिक अवस्था रहेका राधिकाको परिवारमा राहत प्रदान गरिदिन आग्रह गरेका थिए । अमेरिका बस्ने थापाले राधिकाको घर आगन भरिने गरि राहत सामग्री पठाएपछि उक्त घरमा खुसियाली छाएको छ । दशै त बल्ल तल्ल खाएजस्तो न नखाएजस्तो गरि मनाउन बाध्य राधिकाको परिवारले तिहार भने राम्रै संग मनाउने अभियान्ता तथा पत्रकार दाहालले बताए ।

राधिका दातको रोगि पनि हुन उनले लामो समय देखि दातमा औषधि पनि राख्न पाइरहेकी थिइनन् । लिल बहादुरका कारण उनको दातले पनि आज औषधि पाएको छ । औषधि पाएपछि तिहारमा खानेकुरा सजिलै खान सक्ने हुन्छ राधिकाले भनिन् । मेरो घरमा खान लाउन धौ थियो मेरो परिवारको लागि भगवान झै बनेर आउने लिल बहादुर थापाको सधै भलो होस उनले हर्षका आसु चुहाउदै भनिन् । ‘उहाँले न मलाई देख्नुभएको छ न मैले उहाँलाई देखेको छु, तरपनि मेरो परिवारको दुखलाई देखेर यति धेरै सहयोग गर्नुभएकोमा मनै देखि आभारी छु, राधिकाले भनिन् ।’ खबरगन्जले रिपोर्टिङ्ख गरेका अधिकाशं स्थानमा थापाले सहयोग पठाउने गरेका छन ।

थापा भन्छन् ‘मलाई विश्वास छ, उहाँहरुले गलत ठाउँमा सहयोग दिनुहुन्न र सहि सदुपयोग हुन्छ ।’ अमेरिकामा रहेर पनि थापाले दिन दुखिहरुको सेवा गरिरहेका छन । देसका विभिन्न स्थानहरुमा थापाले दिन दुखि, असहाय, विरामि लगाएतलाई सहयोग गरिरहेका हुन्छन । केहि दिन अघि बाँके खजुरा गाउँपालिका वडा नम्बर ४ स्थित सुकुमाया कुमालको परिवारलाई पनि ८० हजार बराबरको राहत सामग्री लिल बहादुर थापाको सहयोगमा खबरगन्ज टिमले प्रदान गरेको थियो ।

प्रतिक्रिया