
एजेन्सी । स्वस्थ रहनका लागि पोषक तत्वले भरपूर भोजन गर्न एकदमै जरुरी हुन्छ । भिटामिनहरुले हामीलाई कैयौं प्रकारका रोगहरुबाट जोगाउँछ । खासगरी भिटामिन ई को कमीले शरीरमा कैयौं विमारीहरु हुन सक्छन् ।
छालाको समस्या हुनुको पछाडि प्रायः भिटामिन ई को कमी पनि हुन्छ । यसबाट बच्नका लागि भिटामिन ई ले भरपूर भोजन शरीरका लागि आवश्यक हुन्छ ।
पालकको सागमा आवश्यक भिटामिन तथा खनिजहरु हुन्छन् । विशेषगरी भिटामिन ई ले भरपूर साग हो । तपाईं यसलाई सलाद वा बिहान स्मुदीको रुपमा पनि खान सक्नुहुन्छ ।
एवोकाडोमा फाइबर र क्यारोटीनोयड भरपूर रुपमा हुन्छ । यो फाइबर, म्याग्नेशियम तथा भिटामिन ई ले भरपूर हुन्छ । तपाईं यसलाई पनि कैयौं प्रकारले खान सक्नुहुन्छ ।
त्यस्तै भिटामिन ई को कुरा गर्ने बित्तिकै बदामलाई झनै बिर्सनै मिल्दैन । बदाम भिटामिन ई को एउटा उत्कृष्ट स्रोत हो । यसको तेलले छालालाई सुरक्षित राख्न एकदमै धेरै सहयोग गर्छ ।
ब्रोकाउलीमा पनि भिटामिन ई को मात्रा अत्यधिक हुन्छ । यसलाई आफ्नो खानपानमा सामेल गरेर भिटामिन ई को कमीलाई भगाउन सकिन्छ । भिटामिन ई सूर्यमुखीको बीजमा पनि अत्यधिक मात्रामा पाइन्छ । यदी तपाईंको छाला सुख्खा छ भने यसलाई आफ्नो खानपानमा अवश्य समावेश गर्नुहोस् । यसमा एन्टीअक्सीडेन्ट गुण पनि पाइन्छ ।
मुंगफली प्रायः हरेक घरमा खाने गरिन्छ । यो खानमा स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यो भिटामिन ई को राम्रो स्रोत मानिन्छ ।
फलफूलमा मेवालाई पनि भिटामिन ई को राम्रो स्रोत मानिन्छ । यसले शरीरमा भिटामिन ई को कमीलाई भगाउँछ । साथमा यो छालाका लागि पनि एकदमै राम्रो हुन्छ ।