
नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको बैंक तथा वित्तीय क्षेत्र इन्जिनियरिङ विज्ञमा खजुराका ई. विबेक लामिछानेलाई मनोनयन गरिएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामिले इन्जिनियर लामिछानेलाई इन्जिनियरिङ विज्ञमा मनोनयन गरेका हुन ।
खजुरा गाउँपालिका वडा नम्बर ३ बि गाउँका बरिष्ठ सिभिल ईन्जिनियर लामिछाने आधा दर्जन बढि सामाजिक संस्था र सोहि अनुपातमा व्यवसायिक संस्थाहरुमा आवद्ध छन । मनोनयनमा परेका लामिछाने खजुराको प्रखर परोपकार मिसन नेपालका महासचिव, जनता मावि पुर्व विद्यार्थि समाजका सचिव, सल्यानी समाज बाँकेका सचिव, लायन्स क्लव अफ नेपालगन्ज खजुराका पुर्व अध्यक्ष, लक्ष्मि नारायण मन्दिर खजुराका सल्लाहकारका साथै नेपाल रेडक्रस सोसाइटिका विशिष्ट सदस्य रहि सामाजिक कार्य गर्दै आइरहेका छन ।
लामिछाने व्यवसायिक आवद्धताका रुपमा बाँके इन्जिनियरिङ कन्सन्टेन्सि नेपालगन्जका इन्जिनियर हुन । त्यस्तै उनि नेपाल भ्यालुर्यस एसोसियसन –बैंक इन्जिनियरहरुको सस्था) को प्रदेश सचिव, २५ वटा भन्दा बढि बैंक तथा वित्तिय संस्था हेर्ने ईन्जिनियर, ५ वटा अन्तराष्ट्रिय संस्थाको परामर्श ईन्जिनियर र २५० भन्दा बढि प्रोजेक्टको प्रोजेक्ट ईन्जिनियर रहेर काम गर्दै आइरहेका छन । ईन्जिनियर लामिछाने बाँके जिल्लामा आश लाग्दा उम्दा युवा नेताका रुपमा पनि हेरिदै आइएको छ ।
