‘खजुरा कृषिमा पुर्ण आत्मनिर्भर बन्न आवश्यक छ’–अध्यक्ष विक

खजुरा : बाँकेको खजुरा गाउँपालिकामा स्थानीय सरकार र स्थानीय सरोकारवाला बिच कृषि पेशामा संभावना, चुनौती र सहकार्य विषयमा अन्तरक्रिया गरिएको छ । खजुरा गाउँपालिका वडा नम्बर दुईको आयोजनामा वडा कार्यालयमा आयोजित अन्तरक्रियामा स्थानीय सरकार र स्थानीय सरोकारवाला बिच कृषि पेशामा संभावना, चुनौती र सहकार्य विषयमा चर्चा गरिएको थियो ।

वडा नम्बर दुईका वडाअध्यक्ष धनिराम वलिको अध्यक्षतामा भएको अन्तरक्रियामा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले खजुरा कृषिकै कारण अघि बढ्ने बताए । अध्यक्ष विकले कृषिलाई व्यवसायिकरण गर्दै लैजाने पालिकाको योजना रहेको सुनाए । कृषिमा आधुनिकरण गर्दै खजुरालाई कृषिमा पुर्ण आत्मनिर्भर बनाउन आवश्यक रहेको अध्यक्ष विकले बताए । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले कृषिमा पालिकाले चालेका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन क्रियासिल रहेको बताए ।

प्रमुख प्रशासकिय अधिकृत सुवेदीले कृषि क्षेत्रलाई व्यवसायिककरण गराउन स्वयम किसानको चासो हुनुपर्ने बताए । वडा नम्बर ५ का वडाध्यक्ष गरिवे शेखले किसानलाई लाभ हुने कार्यक्रम पालिकाले ल्याउन आवश्यक रहेको बताए । कृषिको सम्भावना खजुरामा धेरै रहेकाले यसको लागि कटिबद्ध भएर लाग्न जरुरी रहेको उल्लेख गरे । उपस्थित किसानहरुले कृषि व्यवसायमा दिन प्रतिदिन चुनौतीको सामना गर्न परिरहेको बताएका थिए । किसानहरुले उत्पादन गरेको कृषि बस्तु विक्रि नहुने समस्या रहेको गुनासो गरेका थिए ।

प्रतिक्रिया