कुखुरा विकास फार्ममा मन्त्रि यादवले गरे अवलोकन

नेपालगन्ज : बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्ममा लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्रालयका मन्त्रि भण्डारीलाल यादवले अवलोकन गरेका छन । आइतबार मन्त्रि यादवले कुखुरा विकास फार्मले हालसम्म गरेका कार्य प्रगतकिा बारेमा समेत जानकारी लिएका थिए ।

मन्त्रि यादवले जैविक सुरक्षा तथा अत्याधुनिक खोर सहितको कुखुरा फार्मलाई थप परिष्कृत गरि कार्य गर्न आवश्यक रहेको बताएका थिए । फार्म भित्र रहेका अत्याधुनिक खोर, दाना मिल, चल्ला उत्पादन तथमा वितरण(ह्याचरी), रोग निदान प्रयोगशाला सेवा, नविनतम प्रजातिका पन्छिपालन, अध्ययन अनुसन्धान, पानि सुद्धिकरण लगाएतको अवलोकन गरि आवश्यक सुझाव दिएका थिए । मन्त्रि यादवले प्रदेशको एक मात्र सरकारी कुखुरा फार्मका रुपमा बाँकेमा रहेको उक्त फार्मको विस्तारका लागि पनि सरकारले पहलकदमी थाल्ने बताएका थिए ।

फार्मको विकासले स्थानिय किसानहरुको आर्थिक अवस्था सुधार गर्न मद्धत पुगाएको भन्दै धन्यबाद दिए । ग्रामिण किसानलाई व्यवसायिक बनाउन थप कार्यक्रम ल्याउनुपर्नेमा मन्त्रि यादवको जोड थियो । कुखुरा विकास फार्म खजुराका फार्म प्रवन्धक डा. सुमन खनालले थप जनशक्ती र स्थानको बन्दोबस्त गर्न सके प्रदेशका किसानको माग अनुरुप चल्ला तथा कुखुराहरु उपलव्ध गराउन सकिने बताए । मन्त्रि यादव सगैं कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख विनोद घिमिरे, कुखुरा विकास फार्म खजुराका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया