नेपालगन्जमा रास्वपाको नगर भेला सम्पन्न , चुनिय नगर सभापति


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालगन्ज उपमहागरपालिकाको नगर सभापतिमा गुप्त बहादुर खड्का ( नबिन ) सर्वसम्मत चयन भएका छन् । रास्वपा सभापति रबि लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न नगर भेलाबाट खड्काको नेतृत्वमा ११ सदस्यीय नगर समिति गठन भएको हो ।

नगर भेलाले उप सभापतिमा अर्चना पोखरेल , सचिवमा घनश्याम भट्ट , कोषाध्यक्षमा बुद्धिसागर सुवेदी तथा सदस्यहरुमा कृष्ण प्रसाद मरासिनी , हरिलाल उपाध्याय , असलम अलि कबडिया , नरेन्द्र श्रेष्ठ , स्नेहा प्रसाईं , निभा कुमारी सोनी र बिनिता आचार्यलाई पनि सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै संगठन विभाग प्रमुखमा अमृत थापा , प्रशिक्षण विभाग प्रमुखमा पवन गौतम , उद्योग विभाग प्रमुखमा कपिल नेपाल र आर.ए.टि. विभाग प्रमुखमा शम्भुराम भुर्तेललाई जिम्मेवारी दिइएको छ । रास्वपाका लुम्बिनी प्रदेश महामन्त्री निलराज अधिकारीले नवनिर्वाचित पदाधिकारी सदस्य तथा विभाग प्रमुखहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

कार्यक्रममा रास्वपाका सभापति रबि लामिछाने , केन्द्रीय सदस्य रमेश प्रसाईं , माननीय सांसद लक्ष्मी तिवारी , केन्द्रीय संगठन विभाग सचिव शंकर श्रेष्ठका साथै विभिन्न तह र तप्काका नेता कार्यकर्ता लगायत नगरसमिती सदस्य र स्थानीयको बाक्लो उपस्थिति रहेको बाँके क्षेत्र २ का क्षेत्रीय सदस्य बालकृष्ण लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया