
संजय आचार्य
बर्दिया, अशिवन : बिगत लामो समय देखी थारु महिला उत्थान केन्द्रले बिभीन्न परीयोजना मार्फत समाजमा काम गर्दै आइरहेको छ । बर्दियाको बिभीनन क्षेत्रमा समाजलाइ आवस्यक परेका बिषयलाइ उठान गरी संस्थाले समाजमा समुह तथा संजालमार्फत काम गर्दै आइरहेको छ ।
यसै अभियान अन्र्तगत बर्दियाको मधुवन नगरपालीका र गुलरीया नगरपालकिा गरी दुइ स्थानमा थारु महिला उत्थान केन्द्रले सामुदायीक सुरक्षा जालो अभियान कर्ताहरुको लागी दुइ दिने नेतृत्व विकास तालीम सम्पन्न गरेको छ । गत आइतवार र सोमवार मधुवन नगरपालीकमा ७ र ८ गते तथा गुलरीया नगरपालीकामा ९ र १० गते सम्पनन भएको कार्यक्रममा अभियान कर्ताहरुको लाइ तालीम दिइएको संस्थाका सहजकर्ता चल्टुराम थारुले बताउनु भयो ।
आफनो जिवन यापन ,बानी तथा बोली चालीको बिकासका निमीत भएको उक्त कार्यक्रमको स्वागत तथा तालीमको उद्देश्यका बारेमा थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिजमा सिंह थारुले प्रकाश पार्नु भएके थियो । जिल्लामा गठीत बिभीन्न समुह तथा संजालमा सामुदायीक सुरक्षा जालो अभियान कर्ताहरु समावेश भएका महिला हरुलाइ आफनो गाउ ठाउको समस्या हरुलाइ सम्बनधीत निकायमा कसरी लग्न सकिन्छ तथा कसरी नेतृत्व दाइ भूमीका निर्वाह गर्न सकीन्छ भन्ने उद्देश्य राखेर तालीम दिइएको कार्यक्रम मनोबिकासकर्ता कल्पना नेपालले बताउनु भयो ।
नेतृत्व बिकासका बारेमा हामीले कस्तो भूमिका निवार्ह गर्नुपर्छ, समाजको अगाडी कसरी बोलने ,कस्तो शब्द प्रयोग गर्ने, अरुसंग गर्ने बोली ब्यवहार जस्ता कुराहरु सिकेको कार्यक्रममा सहभागी सामुदायीक सुरक्षा जालो अभियान अन्तर्गत शान्ती सुरक्षा समुहकी बसन्ती थारुले बताउनु भयो ।