Breaking News
समिक्षा कार्यक्रम सम्पन्न

संजय आचार्य
बर्दिया : बर्दियाको ठाकुरवावा नगरपालिका र गुलरीयामा एकैदिन बिहीवार यूवा महिलाहरुको आर्थिक शशक्तिकरण तथा रोजगार प्रवर्धन परीयोजना अ्न्र्तगत सामाजिक लेखाजोखा तथा सहभागीता मुलक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

२०७८ पौष देखी बर्दियाको ठाकुरवावा नगरपालिका र गुलरीयामा १८ देखी २४ बर्षका यूवा महिलाहरुको संस्थागत बिकास र रोजगार प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा बाके यूनोस्को क्लबले कार्यक्रम गर्दै अएको कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछाने बताउनु भयो ।कार्यक्रममा सामाजिक लेखा परिक्षणको बिधी प्रकृया र कार्यक्रमको प्रभावकारीता बारे छलफल गरीएको लामिछाने बताउनु भयो ।

एकै दिन बर्दियाको ठाकुरवावा नगरपालीका र गुलरीया नगरपालीकामा भएको समिक्षा कार्यक्रममा ठाकुरवावा नगरपालीका का नगर प्रमुख तिलकराम लम्सालले उधमीहरुको संस्थागत बिकास र रोजगार प्रवर्धनमा स्थानिय सरकारले निरन्तरता दिने बताउनु भयो ।

कार्यक्रमका सहभागी मध्ये आकृती चौधरीले आफुले डेन्टल सम्बन्धि सिप सिकेर आफै स्वरोजगार भएको सुनाउदै सामान्य आर्थिकको लागी अब कसैको मुख ताक्नु नपरेको बताउनु भयो । यसै गरी अर्का सहभागी निरमा चौधरीले तालीम प्राप्त गरी आजको अवस्थामा होमस्टे स्ंचालन गर्दै आएको बताउनु भयो । पहिले आफुले धेरै परिकार न बनाउने गरेको तर तालीम लिएर धेरै परीकार बनाउदा आउने आगनतुक पाहुनाहरु पनी खुसी भएको र आम्दानी समेत बढेको चौधरीले बताउनु भयो ।

प्रतिक्रिया