
संजय आचार्य
गुलरिया ०७ बर्दिया । बर्दियाको गुलरीमा रहेको सुनौलो महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले शनिवार आफनो १५ औं साधारण सभा सम्पन्न गरेको छ ।
गत अषाढ मसान्त सम्म १ हजार १ सय ६० जना सदस्य रहेको सुनौलो महिला विकास बहुउद्धेश्यीय सहकारी संस्थाले बर्ष भरी गरेका कामहरुको आर्थिक प्रगति प्रतिवेदन संस्थाकी अध्यक्ष सुवेदीले प्रस्तुत गर्नु भएको थियो । संस्थाकी अध्यक्ष इन्दिरा सुवेदीको अध्यक्षता तथा एकिकृत पशुपंछि विकास कार्यालय बर्दियाका प्रमख सागर ढकालको प्रमुख आथ्यितामा भएको उद्घाटन सत्रमा उत्कृष्ट बचत कर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
बिगत लामो समय देखी संस्थाले आर्थिक उपार्जनको क्षेत्रमा महिलालाई अग्रसर बनाउने कार्य गर्नुका साथै गाउ द्दरमा बेसार खेती, प्याज खेती लगायत थुप्रै कार्यहरु गर्दै आइरहेको संस्थाकी अध्यक्ष इन्दिरा सुवेदीले बताउनु भयो । कार्यक्रमका प्रमुख आतिथी तथा एकिकृत पशुपछि विकास कार्यालयका प्रमुख सागर ढकालले सुनौलो सहकारीले गाउ घरमा छरीएर रहेका महिलाहरुलाइ एकै छानामुनी ल्याएर उनीहरुलाइ आर्थिक रुपमा सबल बनाउँदै लगेको बताउनु भयो ।
गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले सहकारीले महिलाहरुको आर्थिक उपार्जनका क्षेत्रमा अग्रणी भुमिका खेलेको बताउदै नगरपालिका संग निरन्तर समन्वय तथा सहकार्य गर्दै आइरहेको बताउनु भयो । सुनौलो महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले गुलरिया नगरपालीका लाइ आफनो कार्यक्षेत्र बनाई उनीहरुकोे आर्थिक उपार्जन तथा महिला शसक्तिकरणको क्षेत्रमा अग्रणी भुमिका खेल्नुका साथै सहकारीमा आबद्ध सम्पुर्ण सदस्यहरुको सामुहिक प्रयासले नै सहकारीले सफलता प्राप्त गरेको पत्रकार महासंग बर्दियाका अध्यक्ष यादव आचार्यले बताउनु भयो ।
कर्यक्रममा जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष, केन्द्रिय सहकारी महासंघका सदस्य, ,सहकारीका अध्यक्षहरु लगायतको शेयर सदस्य, बचतकर्ता महिलाहरुको उल्लेख्य सहभागिता रहको थियो ।
