राप्ती सोनारीमा पालिका स्तरिय भलिवल प्रतियोगिता सुरु

अगैया : बाँकेको राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरिय भलिवल प्रतियोगिता सुरु भएको छ । शिक्षा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले उद्घाटन गर्नुभएको छ ।

प्रतियोगितामा गाउँपालिकाका १७ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार, द्धितिय हुनेले ३० हजार र तृतिय हुनेले १० हजार पुरस्कार पाउने छन ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष थारुले पालिकामा रहेका खेलाडि युवाहरुको हौसलाको लागि पालिकाले गर्नुपर्ने सहयोग सहकार्य गरिने बताउनुभयो । नयाँ खेलाडि उत्पादनका लागी भलिवल प्रतियोगिता प्रभावकारी हुने अध्यक्ष थारुले जनाउनुभयो ।

प्रतिक्रिया