
खजुरा : बाँकेको खजुरामा आयोजित स्त्री रोग सम्बन्धी निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ९१ जनाले सेवा लिएका छन । खजुरा एक नम्बरमा आदर्श युवा सञ्जालले आयोजना गरेको शिविरमा भेरी अस्पताल नेपालगन्जका वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदिले विशेषज्ञ सेवा प्रदान गरेका थिए ।
शिविरमा अधिकांश महिलाहरुको स्वास्थ्य अवस्था हेर्दा नियमित औधषी सेवन गर्न पर्ने र ल्याव परिक्षण गर्न पर्ने अवस्था देखिएको डा. सुवेदिले जानकारी दिए । शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले आदर्श युवा सञ्जालले समाजमा आवश्यक पर्ने अत्यावश्यक सेवाका कार्यमा लागेको भन्दै धन्यबाद ज्ञापन गरे । खजुराका जनतालाई स्वास्थ्य सेवाको सहज पहुँचमा लैजान पालिका लागिरहेको बताउँदै अध्यक्ष विकले समाजमा परिवर्तन गर्न सञ्जाल जस्तो धेरै संघ सस्था आवश्यक रहेको बताए । शिविरमा बोल्दै खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले पालिकाले स्वास्थ्य सम्बन्धमा गम्भिर रहेर कार्यक्रमहरु संचालन गरिरहेको उल्लेख गरे ।

शिविर संचालनमा पालिका सहकार्य गर्दै सञ्जालको कार्यलाई सहयोग गरेको थियो । सञ्जालका अध्यक्ष कल्पना तामाङ्खले समाजमा रहेका समस्यालाई उजागार गर्दै आइपरेका कुराहरुलाई समाधान गर्दै सेवामुलक कार्यमा सहकार्य गर्दै आएको उल्लेख गरिन । तिजमा प्रथम तिज महोत्सव सफलतापुर्वक सम्पन्न गरेको सञ्जालले रमाइलो सगैं सामाजिक कार्यमा समेत अग्रसरता देखाउदै आएको छ ।
स्वास्थ्य शिविरका संयोजक तथा आदर्श युवा सञ्जाल खजुराका उपाध्यक्ष खगेन्द्र दाहालले खजुराका युवाहरुमा एकता कायम गर्न र सामाजिक कार्यमा संलग्न गराउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए । संयोजक दाहालले सञ्जालले विभिन्न कार्यालयहरुसंग सहकार्य गरेर यस किसिमको सेवामुलक कार्य गरिरहने बताए । सम्पन्न स्वास्थ्य शिविरमा सञ्जालले खजुरा गाउँपालिका स्वास्थ्य शाखा, मलमपट्टी किल्निकसंग सहकार्य गरेको सञ्जालका सचिव सुवास निरौलाले जानकारी दिए ।

