
बर्दिया ,आश्विन ५ । बिगत लामो समयदेखी एच आइ भी सम्बन्धि काम गर्दै आएको नागाअर्जुन डेवलोपमेन्ट कम्यूनिटी संस्थाले शुुक्रवार अप्रावासी तथा उनीहरुका दम्पतीहरुका लागी संचालीत एचआइभी रोकथाम कार्यक्रम अन्तर्गत सरोकारवालाहरुसंग एकदिने समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।
करीब ३ बर्ष देखी सेभ द चिल्डे्रन मार्फत ग्लोबल फण्डको आर्थिक सहयोगमा संचालीत बर्दियाको सदरमुकाम गुलरीयामा शाखा कार्यालय स्थापनी गरी बर्दियाको ८ वटै पालीकामा अप्रावासी तथा उनीहरुको एच आइ भि रोकथामका लागी नागाअर्जुन डेवलोपमेन्ट कम्यूनिटी संस्थाले काम गरी राखेको बर्दिया शाखाका कार्यालय प्रमुख सरोज राइले बताउनु भएको छ ।
गुलरीया नगरपालीका वडा नं. छ का वडा अध्यक्ष सुधांशु प्रकास शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा फिल्डमा आधिकारीक ब्यक्तिबाट संक्रमीत पत्ता लागी सकेपछी सम्बन्धित ब्यक्तिीलाइ उपचार तथा परामर्सका लागी बर्दिया अस्पतालमा पठाउने गरेको संस्थाकी ल्यब टेक्नीसीयन मधु चौधरीले बताउनु भयो ।
ब्यक्तीको को औषधी उपचारलाइ लाइ बिशेष ध्यान दिनुक साथै उनीहरुलाइ काउन्सलिगं गदै औषधी उपचार गर्ने गरेको बर्दिया अस्पतालकी ए आर टी काउन्सलर शोभा खडकाकाले बताउनु भयो ।
संस्थाले राम्रोकार्य गर्दै अइरहेको र जिल्ला प्रशाशान कार्यलय सधै सहयोगीको भूमीका मा रहने जिल्ला प्रशााशन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले बताउनु भयो ।
समन्वयात्मक बैठकमा गैर सरकारी संस्था महासंघकी अध्यक्ष प्रिज्मा चौधरील ेकार्यक्रममा सबै पक्षलाइ समेटनु पर्ने बताउनु भयो । एच आइ भी संक्रमण उपचारमा धेरै कठीनाइ हुने भएको हुदा समन्वय गरेर जानुपर्ने कुरामा जोड दिनुभयो ।
सेभ द चिल्डे्रन मार्फत ग्लोबल फण्डको आर्थिक सहयोगमा संचालीत कार्यक्रम अन्र्तगत एच आइ भि रोकथाम कार्यक्रमले केही भएपनी संक्रमीत ब्यक्तिलाइ सहयोग मिल्ने गुलरीया नगरपालीका वडा नं. छ का वडा अध्यक्ष सुधांशु प्रकास शर्माले बताउनु भयो ।
समन्वयात्मक बैठकमा परीर्वतन समुहकी अनु चौधरी , गुलरीया नगरपालकिाका स्वास्थय शखा प्रमुख सुनील पाण्डे, जन स्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीका साथै अन्य स्वास्थ्य संस्थामा कार्यारत पदाधिकारी सहित संघ संस्थाका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
