
निशु जोशी, नेपालगन्ज : उनी पूर्व मन्त्री हुन् । त्यसमा पनि बाँकेका एक प्रभावशाली नेता हुन् । तीन दशकदेखि उनी संरक्षणवादी राजनीतिक दल (राप्रपा नेपाल र राप्रपा)को कन्द्रीय नेतृत्वमै रहेर काम गरिरहेका छन् । राजनीतिलाई पेशा होइन सेवाका रुपमा लिने पूर्व मन्त्री प्रेमबहादुर भण्डारीका लागि राजनीतिलाई नै आम्दानीको स्रोत बनाउनु स्वीकार्य छैन । त्यही भएर उनी आफै व्यवसायिक कृषिमा आबद्ध छन् । उनले गाउँमै माछापालन गरेका छन् । उन्नत जातको मकै खेतीमा पनि उनी आफूसँगै अरु स्थानीय किसानहरुलाई पनि जोडिरहेका छन् । उनी शहर भन्दा गाउँमै बस्न रुचाउँछन् । बाँकेको राप्तीसोनारी–२ को कचनापुर गाउँमै बसेर उनी विकास निर्माणका काम, विद्यालय सुधारका काम, जनताका समस्या समाधानका लागि समय दिइरहेका छन् । उनी गाउँलाई प्रेम गर्छन् । गाउँकै जनताको विकासका लागि राजनीति गर्छन् । भण्डारीले राज्यको तहमा रहँदा ग्रामीण क्षेत्रको विकासका लागि जोड दिए ।
बाँकेको विकट भनेर चिनिँदै आएको राप्ती नदी पारीका क्षेत्रमा बिजुली बत्तीको योजना उनकै अग्रसरतामा सुरु भएको हो । यसका साथै जमिनमा ५० प्रतिशत मोहीयानी हकको व्यवस्था पनि उनी कृषि मन्त्री हुँदा नै भएको थियो । त्यही हकका कारण अहिले धेरै किसानहरु जमिनका मालिक भएका छन् । भण्डारीको जन्म सल्यानको एक विकट गाउँमा भएको हो । यद्धपि उनको परिवार उच्च वर्गीय र जमिनदारी वर्गकै थियो । उनका पिता प्रजा परिषदमा सक्रियरुपले आबद्ध थिए । समाजको अगुवाईमा उनका पिताको सक्रियता हुन्थ्यो नै । तर उनी उच्च शिक्षाका लागि नेपालगन्ज आउनुभन्दा अघिसम्म राजनीतिमा त्यति घुलमिल थिएनन् । २००९ साल दाङमा जन्मिएका उनको परिवार सल्यान र दाङमा बराबर रुपले बस्दै आइरहेको थियो । त्यतिबेला दाङ र सल्यानमा शिक्षाको उचित अवसर थिएनन् । त्यहीभएर उनी दाइ र मामाका साथ २०२० मा पढ्नका लागि नेपालगन्ज आए । नारायण हाइस्कुलमा ६ कक्षाबाट पढाई सुरु गरे ।
उनले नेपालगन्जको हालको महेन्द्र बहुमुखि क्याम्पसमा स्नातकसम्म अध्ययन गरे । त्यही अध्ययन गर्दै गर्दा विद्यार्थी युनियनको गठन गर्ने शिलशिलामा उनी पहिलोपटक राजनीतिको अनुभवमा प्रवेश गरे । विद्यालयमा त्यतिबेला पहाडबाट पढ्न आएका विद्यार्थीहरुलाई पाखे भनेर हेप्ने प्रचलन थियो । त्यसविरुद्ध संगठित हुनुका साथै विद्यार्थीका समस्यामाथि पैरवी गर्ने उदेश्यले विद्यार्थी युनियनमा आबद्ध हुने निर्णय गरे । २०२५ मा युनियनको गठनका लागि चुनाव भयो । चुनावमा उनी उपसभापति निर्वाचित भए । उनका त्यतिबेलामा युनियनका सहयात्री थिए हालका कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य युवाराज शर्मा, स्वर्गीय रणेन्द्र हमाल, सनत रेग्मीलगायतहरु । कलेजको पढाई सकेर पुनः उनी दाङको हिकुली गाउँ पन्चायतको वडा नम्बर ९ मा फर्किए । गाउँमा उनका परिवारको दबदबा राम्रै थियो ।

२०२७ सालमा गाउँ पन्चायतको चुनाव लडेका उनी विजयी भए । त्यहाँबाट उनको मूलधारको राजनीति सुरु भयो । उनी अध्यक्ष भएका बखत थारु समयुदायमा माटोबाट इट्टा बनाउनहुन्न भन्ने धारणा थियो । तर स्थानीय प्रसिद्ध मन्दिर निर्माण गर्न इट्टा बनाउनै पर्ने निर्णय गरेर भण्डारीले आफैले काम सुरु गरे । उनको उक्त कामले त्यतिबेलाको समाजको धारणा परिवर्तनमा पनि सघायो । अध्यक्षको कार्यकाल पूरा नहुँदै भण्डारीको परिवार दाङबाट बाँकेको कचनापुरमा बसाई स¥यो । कचनापुरमा पनि भण्डारीले राजनीतिक पकड बनाइहाले । २०३२ सालमा उनी कचनापुुर पन्चालयतको वडाध्यक्ष, २०३६ सालमा बाँके जिल्ला पन्चायतको सदस्य, २०४० मा उनी जिल्ला पन्चायत सभापति बने । उनी सभापति भएकै बेला पन्चायत विरोधी आन्दोलन सुरु भयो र उनकै कार्यकालमा पन्चायत समाप्त भयो । पुराना अधिकांश साथीहरु कांग्रेसमा लागे । उनी भने संरक्षणवादी धारकै विचारधारा बोक्ने लोकेन्द्रबहादुर चन्दको पार्टीमा केन्द्रीय सदस्य भएर राजनीति गर्न थाले ।
२०४८ मा राप्रपाले निर्वाचन हा¥यो । तर २०५१ सालमा बाँकेका तीनवटै क्षेत्र राप्रपाले जित्यो । उनी साँसद बने । त्यसपछि गठन भएका सुर्यबहादुर, शेरबहादुर देउवा नेतृत्वमा सरकारमा उनले भूमिसुधार, सहायक र कृषि राज्य मन्त्री, विज्ञान, विनमा विभागीय मन्त्रीको भूमिका पाए । उनी भूमिसुधार मन्त्री हुँदा बखत मोहीलाई आधा स्वामित्व दिने निर्णय गराए । बाँकेमा विभिन्न विकास योजनाहरु ल्याउन भूमिका निर्वाह गरे । २०५२ सालमा सुरु भएको माओवादी सशस्त्र युद्धपछि भने उनले बोकेको विचारधार्रा भौतिक र मानसिकरुपले दवाबमा पर्न थाल्यो । माओवादी पक्षबाट अनेक असुरक्षा उनले भोग्नुप¥यो । २०६२ को चैत्रमा माओवादी पक्षले उनको घरमा बम विस्फोट गरायो कचनापुरमा रहेका दुईवटा घरमध्ये एउटा घरमा बम विस्फोट गरी भएका धन सम्पत्ति र मालवस्तुहरु लुटिए । उनको घरमा बम विस्फोट गराउनेहरु सोही गाउँकै थिए । उनीहरुले आन्दोनपछि भण्डारीसँगको भेटमा माफीसमेत मागे । भण्डारी अहिलेको राजनीतिक व्यवस्थासँग त्यति सन्तुष्ट छैनन् । राजतन्त्र जनताको अभिमतबाट नभई सीमित व्यक्तिको राजनीतिक उत्कण्ठाबाट समाप्त गरिएको उनको धारणा छ । हिन्दु संस्कृतिले भरिएको नेपाललाई हिन्दु राष्ट्र कायम गरिु पन अर्काे षड्यन्त्र भएको उनको धारणा छ ।
यद्धपछि पछिल्लो समय रजतन्त्र र हिन्दु राष्ट्रका पक्षमा विशाल जनतम बनिरहेको भण्डारीको विश्वास छ । उनी अबको निर्वाचनमा राप्रपालाई जनताले मन मात्रै भई मत पनि दिने विश्वास व्यक्त गर्छन् । उनी भन्छन्, ‘हिजो जिब्रो काटिने अवस्था थियो, त्यस अवस्थामा पनि राप्रपाले अडिग भएर भन्दै आयो । जनताले पनि ल केही भइ पो हाल्छ कि भनेर चुप बसेका थिए । अहिलेको परिणामले उनीहरु निराश छन् । यस अवस्थाको विकल्प भनेकै राजतन्त्र हो । यसका पक्षमा युवा पुस्तामा पनि जनमत बनिरहेको छ ।’ हालै सम्पन्न राप्रपाको महाधिवेशनपछि अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई केन्द्रीय सदस्यम मनोनित गरेका छन् । हाल उनी पार्टीको जनमत बलियो बनाउने काममै व्यस्त छन् । दैनिकरुमा सामाजिक काममा सक्रिय भइरहेका हुन्छन् । काठमाडौ, नेपागन्ज, कचनापुर राजनीतिका शिलशिलामा ओहोरदोहोर गरिरहन्छन् । कचनापुरमा उनकै संलग्नतामा सुरु भएका केही विद्यालयहरु छन् । ती विद्यालयको सुधारका लागि निरन्तर प्रयास गरिरहेका छन् । उनकै अग्रसरतामा स्थानीय लक्ष्मी माविमा माध्यमिक तहमै बालिविज्ञान विषयको पढाई भइरहेको छ । यसैगरी महादेवपरी र ढकेरीका विद्यालयमा पुगेर देखिएका समस्या समाधानमा भूमिका खेल्छन् । स्थानीय सरकारलाई जिम्मेवार बन्न खबरदारी र सल्लाह, सुझाव दिन्छन् । अबको निर्वाचनमा उनी प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्न चाहेको बताउँछन् । पार्टीले अवसर दिएमा र जनताले मत दिएमा नेपालको मौलिक पहिचानको संरक्षण, बाँकेको क्षेत्र नम्बर–१ का जनता र बाँके जिल्लाको समग्र विकासमा संसदमा गएर आवाज उठाउने उनको आकांक्षा छ ।

