
खजुरा : गाउँघरमा विस्तारै विस्तारै युवाहरु देखिन छाडेका छन । अधिकाश युवाहरु खाडि मुलुकतिर रोजगारीको क्रममा छन । गाउँका विकास निर्माणका काम होस या अन्य छलफल युवाहरुको सहभागिता कमै हुने गरेको छ ।
बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँमा शनिबार विहान ७ बजे ७,८ जना वृद्ध र केहि पाका अधबैसे सडक छेउमा बाक्लै रुपमा झागिएका झारहरु सकि नसकि फाल्दै थिए । गाउँका पाका नागरिक समाजका अगुवा गगन विकले गाउँमा युवाहरु नहुदाँ आइपरेको कामका बेला गार्यो पर्ने बताए । गाउँभरीका सडक किनार र नाला भित्र बाहिर झार र फोहोरले भरीएका छन तर सफा गर्ने तन्नेरी भने छैनन् ।
शिक्षक समेत रहेका गाउँका अगुवा अर्जुन थापाले युवाले सामाजिक कार्यमा हातेमालो गर्न जरुरी रहेको बताए । विहानको समयमा विदाको दिनमा गाउँघरको विकासमा लगाउन अनुरोध गरे । गाउँमा मिनि रङशालामा खर तथा झारले भरीएको छ त्यसलाई सफाई गर्न आवश्यक छ तर यसको लागि वृद्धाहरुले मात्रै यो सम्भावना नरहेको थापाले बताए ।
