
बाँके,भदौ २८ । बाँकेको खजुरा एफ गाउँमा यहि भदौ ३० गतेदेखी असोज ६ गतेसम्म आयोजित धार्मिक महामहोत्सवको मिति पछि सारिएको छ ।
मुल आयोजक समितिको बिहीबार बसेको बैठकले कात्तिक १५ देखि २१ गतेसम्म महामहोत्सव आयोजना गर्ने निर्णय गरेको संयोजक खडक वलीले जानकारी दिनुभयो । बर्षात जारी रहेका कारण महोत्सव केहिपछी सार्नुपरेको संयोजक वलीले जानकारी दिनुभयो ।
महोत्सव स्थल किरण भवानी मन्दिरमा रंगरोगन तथा पर्खाल निर्माण कार्य चलिरहेको छ ।
महोत्सव सफल पार्न स्थानीयबासिन्दाको महत्त्वपूर्ण सहयोग रहेको छ ।