पुर्व सेना ‘देवी परिवार’ द्धारा तिजको शुभकामना आदान प्रदान

नेपालगन्ज : देवी परिवारले तीज विशेष कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ । नेपाली सेनाको श्री देवीदत्त गणबाट अवकास प्राप्तभई बाँके र बर्दियामा रहेका पुर्व सेनाहरुले गठन गरेको ‘देवी परिवार’ले कोहलपुरमा हरितालिका तीज विशेष शुभकामना आदान प्रदान गरेको हो ।

अवकाश प्राप्त सेनानीश्री सुरेश कुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा तिजको महिमाका बारेमा चर्चा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्री देवीदत्त गणका गणपति प्रमुख सेनानी हिमालय थापाले नेपाली नारिहरुले मनाउने महान पर्वमा पुरुषहरुले समेत रमाउने मौका पाएकोमा खुसि व्यक्त गरे । थापाले यो संगठन नेपालअधिराज्यकै प्रवल र शसक्त संगठन बनोस भन्दै शुभकामना दिए ।

देवी परिवारको लागि आफ्नो सहयोग सदैव रहने प्रतिवद्धता व्यक्त गरे । कोहलपुर मेडिकल कलेजमा कार्यरत अवकास प्राप्त उपरथि सुनि सिंह, सैनिक अस्पताल नेपालगंजमा कार्यरत प्रा. महासेनानी डा. इन्दु के.सी., ई.पि. सेन्टर नेपालगंजमा कार्यरत अवकाश प्राप्त महासेनानी इन्द्र बहादुर शाह, सैनिक अस्पतालका प्रा.प्रमुख सेनानी डा. शोभा कुँवर, नेपाल राष्ट्रिय भु.पु. सैनिक मंच बाँकेका अध्यक्ष सेनानी गुमानबहादुर चन्द लगायतले तिजको शुभकामना दिएका थिए ।

कार्यक्रममा अवकाश प्राप्त सेनानी समुह, मा.उ.से., प्र.सु. तथा अन्य दर्जाको उपस्थिती रहेको थियो । पुर्व सैनिकहरुले आफ्ना परिवारहरु सहित तिजको विशेष कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा १०१ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमतीजविशेष नाचगान सहितभव्य र सभ्य रुपमा समापनभयो ।

प्रतिक्रिया