सामाजिक कार्यमा सक्रिय आदर्श युवा सञ्जाल

नेपालगन्ज : प्रथम खजुरा तिज महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजनाको तयारीमा रहेको आदर्श युवा सञ्जालले सामाजिक कार्यलाई समेत संगसगैं लगेको छ । मंगलबार खजुरामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा ब्लड बैंक स्थापनाको अवसरमा सञ्जालले रक्तदान गरेको थियो ।

युवा सञ्जालको सामाजीक कार्यको उत्तरदायित्व अनुसार खजुरामै पहिलो पटक स्थापना भएको ब्लड बैंकमा १५ पिन्ट रक्तदान गरेको हो । नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा बाँके, बागेश्वरी उपशाखा, क्यान्सर अस्पताल र खजुरा गाउँपालिकाको सयुक्त आयोजना तथा विभिन्न संघ सस्थाहरुको समन्वयमा भएको रक्तदानमा महोत्सवको सह आयोजक रहेको सामुदायिक हिमालयले ५ पिन्ट रक्तदान गरि २० पिन्ट पुगेको आदर्श युवा सञ्जाल खजुराका सचिव सुवास निरौलालले जानकारी दिए ।

रक्तदानमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी, आदर्श युवा सञ्जालका अध्यक्ष कल्पना तामाङ्ग, उपाध्यक्ष खगेन्द्र दाहाल, सचिव सुवास निरौला लगाएतले सहभागिता जनाएका थिए । बाँकेको खजुरामा क्रियासिल सञ्जालको आयोजनामा असोज १ गते खजुरा एक नम्बर बजारमा तिज विशेष कार्यक्रम हुदैछ । सञ्जालले सचिवालय स्थापना गरि दैनिक तयारीका कार्यहरु गरिरहेको सचिव निरौलाले जानकारी दिए ।

सामुहिक तिज न्यृत्य प्रतियोगितालाई मुख्यतया महत्व दिएको सञ्जालले बाँके जिल्लामै सबैभन्दा ठुलो धनरासीको पुरस्कार प्रदान गर्नेगरि महोत्सव सन्चालन गर्दै छ । प्रथमलाई ५० हजार, दोश्रोलाई ३० हजार, तेश्रोलाई १५ हजार र सान्त्वनाहुनेलाई १० हजार पुरस्कार प्रदान गरिने सञ्जालका अध्यक्ष कल्पना तामाङ्गले जानकारी दिइन । पुरस्कार रासि खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँका लिल बहादुर थापा जो अहिले अमेरिकामा छन उनकै मुख्य सहयोगमा प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया