नेपालगन्ज : राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत बाँकेमा शनिबारबाट १२ औं चरणको आम औषधी सेवन कार्यक्रम सुरु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहका अनुसार जिल्लाका सबै स्थानीय तहमा एकैसाथ औषधि सेवन कार्यक्रम सुरु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी लगायतले सामुहिक रुपमा औषधी सेवन गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।
सरकारले राष्ट्रिय हात्ती पाईले रोग निवारण कार्यक्रम बाँकेमा विगत ११ वर्षदेखी सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम ६ वर्षमा सम्पन्न हुनुपर्नेमा सर्बसाधारणले औषधी सेवन गर्न नमान्दा १२ औं पटकसम्म औषधि खुवाउनुपरिरहेको छ ।