धार्मिक महोत्सव सुरु अघि नै पर्खाल निर्माण कार्यको शुभारम्भ

नेपालगन्ज : बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा आयोजना हुने धार्मिक महोत्सव सुरु अघि नै पर्खाल निर्माणको कार्यको शुभारम्भ गरिएको छ । शुक्रबार एक समारोहको आयोजना गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले पर्खाल निर्माणको सिलन्यास गरे ।

खजुरा धार्मिक महा महोत्सवको आयोजना भदौं ३० गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । महोत्सव असोज ६ गतेसम्म सञ्चालन हुने छ । करिब एक विघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको छ । पर्खाल निर्माणको सिलन्यास गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा किरण भवानी मन्दिरलाई विकास गरिने बताए ।

उनले मन्दिरको विकास र धर्मालम्भीको विस्वासका लागि सबैले साथ सहयोग गर्नुपर्नेमा जोड दिए । खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले पालिकामा रहेका पुराना महत्व बोकेको मन्दिरहरुलाई संरक्षण गर्नु स्थानिय सरकारको दायित्व भएकाले यस सम्बन्धमा पालिकाको सहयोग रहने प्रतिवद्धता जनाइन । धर्मगुरु ईश्वर शरण महाराज, वडा अध्यक्ष टेकवहादुर रोका र समितिका अध्यक्ष खड्ग वली लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया