नेपालगन्ज : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आइतबार नेपालगन्जमा आयोजित आमसभालाई सम्बोधन गर्न आउँदै छन् ।
लिङ्देनका साथमा महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र शाही, नेताहरु विक्रम पाण्डे, प्रकाश चन्द्र लोहनी, रेखा थापालगायत नेपालगन्ज आउने राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।
त्रिभुवन चोकमा आयोजित कार्यक्रमअघि नेपालगन्जमा जुलुश निकालिने पनि देवकोटाले जानकारी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आसन्न निर्वाचन लक्षित प्रचार प्रसारमा होमिएको छ । अध्यक्ष लिङ्देन अहिले पार्टीका पदाधिकारीसहित पश्चिम नेपालमा आमसभाका लागि दौडधुपमा छन् ।
अध्यक्ष लिङ्देनको टोलीले शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजत सभालाई सम्बोधन गरेको थियो । नेपालगन्जको कार्यक्रमपछि ३० गते बर्दियाको गुलरियामा पनि आमसभाको आयोजना गरिएको छ ।