नेपालगन्ज : नेपालगन्जमा आयाजित वेस्टर्न ट्राभल मार्ट सम्पन्न भएको छ । नेपाल भारतका करिब एक सय ५० पर्यटन व्यवसायीको सहभागिता रहेको मार्टको नेपालगन्जस्थित मेरो प्लानेटामाम शनिबार समापन गरिएको हो ।
नेपालगन्जस्थित होटेल सिद्धार्थ भ्यूमा उद्घाटन भई फागुन २६ गतेबाट सन्चालनमा आएको मार्ट सहभागीहरुलाई बाँके, बर्दियाका पर्यटकीय क्षेत्रको भ्रमण गराएर समापन भएको हो ।
मार्टमा नेपाल भारतका ट्राभल व्यवसायीहरुले एकआपसमा व्यापार आदानप्रदान पनि गरेका छन् । मार्ट आयोजक समितिका संयोजक श्रीराम सिग्देलले पहिलोपटक आयोजना गरिएको मार्ट अपेक्षाअनुसार नै असफलतापूर्वक सम्पन्न भएको बताए ।