नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत एशोसियट सदस्यमा कार्की र गुप्ता विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत एशोसियट सदस्यमा कमल कुमार कार्की र प्रदिप कुमार गुप्ता विजयी भएका छन् ।

१ सय ६६ मत रहेको एशोसियट सदस्यमा कमल कुमार कार्कीले सर्वाधिक १ सय ११ मत र प्रदिप कुमार गुप्ताले ८८ मत पाएका छन् । कार्की समावेशी प्यानल र गुप्ता साझा प्रजातान्त्रिक समुहबाट निर्वातमा प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी एशोसियट सदस्यका अन्य उम्मेदवार पुरुषोत्तम कुमार अग्रवालले ५७ र सञ्जय अग्रवालले ४२ मत पाएका छन् । एशोसियट सदस्यको १ सय ६६ मतमा १२ मत बदर भएका थिए ।

प्रतिक्रिया