
नेपालगञ्ज : दैनिक दुई सय बढीलाई रोजगारी दिएका नेपालगन्जका उद्योगी कमल कार्की यो बेला नेपालगञ्ज उद्योग बाणिज्य संघको यहि भदौं २ गते हुने निर्वाचनमा एशोसियट सदस्य पदका उम्मेदवार हुन । कार्कीले एशोसियद्ध आवद्ध उद्योगी ब्यवसायीहरुको हकहितका लागि अधिकतम पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्छन । साना देखी ठुला व्यापारीको अवस्था नजिकबाट बुझेका कार्कीले एशोसियट सदस्य पदका उम्मेदवारी दिएका हुन । कार्किको बाँके नेपालगन्जमा मात्र नभएर देशभरी नै व्यापार चलिरहेको छ । उनका विभिन्न उद्योगमा जम्मा गरि दैनिक दुई सय बढिले रोजगारी पाएका छन ।
कार्कीले पछिल्लो समय भयावह अवस्थामा रहेको बैंकिङ कसुर मुद्धादेखि भन्सार, प्रहरी प्रशासन र अन्य सरकारी तथा गैरसरकारी निकायमा सहजिकरणका लागि आफुले अधिकतम समय दिने बताए । उद्योगी ब्यवसायीहरुको हकहितका लागि बाणिज्य संघमा उम्मेदवारी दिएको भन्दै उनले उद्योग बाणिज्य संघको गरिमा बढाउन आफु चुनावी मैदानमा उत्रिएको बताए । कार्की निर्वाचनमा टंक धामी नेतृत्वको समावेशी प्यानलको तर्फबाट एशोसियट सदस्य पदको उम्मेदवारको रुपमा रहेका छन । कार्किले मुल उदेश्य बाँकेमा रोजगारीको प्रचुर सम्भावनालाई सस्थागत गर्नु रहेको बताए ।