कोरोना भाइरसका संक्रमित बढ्दै

काठमाडौँ : पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । दैनिक दुई तीनको संख्यामा बढ्दै गएका संक्रमित बिहीबार भने पाँच जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार १५० जनाको पीसीआर परीक्षण गरिएकामा ५ जनामा संक्रमण पाइएको हो ।

कोरोना संक्रमित बढेसँगै खोप लगाउनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४८६ जनाले खोप लगाएका छन् ।

देशमा आँखा पाक्ने रोग र डेंगी तीव्र रुपले फैलिइरहँदा कोराना संक्रमण पनि सँगसँगै बढ्दै गएको हो ।

प्रतिक्रिया