
नेपालगन्ज : नेपालगन्जमा २५ करोडको लागतमा तयार भएको लग्जरी मल्टिप्लेक्स सिनेमा हल ‘सिने रोयल आजदेखि शुभारम्भ भएको छ । मध्य तथा सुदुर पश्चिमको ब्यापारिक केन्द्र नेपालगन्जमा खुलेको उच्च प्रबिधी युक्त सिने रोयल सिनेमाहल लागतको हिसाबले नेपालकै एक हो ।
बिहीवार बिधिवत रुपमा सुरु गरिएको सिने रोयल थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हलमा एकैपटक ३ वटा फिल्म संचालन हुने छ । करिब २५ करोड लागतमा निर्माण सम्पन्न भएको सिने रोयलमा लक्जरी २ सय ५० जना सिट क्षमताका दुई वटा हल र अपाङ्तामैत्री पूर्वाधारसहितको १ सय ५० सिट क्षमताको एउटा हल रहेको छ । आर्थिक केन्द्र नेपालगन्जमा खुलेको सिने रोयलले नेपालगन्ज र नेपालका मात्रै नभएर भारतका सिनेमा पारखिको लागी केन्द्र हुने र नेपालगन्जको आर्थिक र पर्यटन बिकासमा मद्धत पुग्ने आशा लिएको संचालक डाक्टर राहुल थापा बताउछन् ।

हलमा नेपाली तथा विदेशी सबै प्रकारका फिल्म प्रदर्शन हुनेछ । नेपाली फिल्मलाई प्रदर्शनमा अन्य फिल्मभन्दा प्रथामिकता दिने सञ्चालक डा.राहुल थापाले बताए । जहाँ संयुक्त राज्य अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टम रहेको छ । सबै अडिटोरियमहरूमा प्रक्षेपण प्रणाली बेल्जियमबाट २०,००० लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डीप्रिजमसिल्भर स्क्रिन र हङकङबाट ३ बीम गेट–डी थ्रीडी प्रणालीको साथ छन्, जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्ने सञ्चालक डा. थापा बताउछन ।
नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । थिएटरले आफ्ना सबै थिएटरहरूमा रिक्लाइनर, लाउन्जर र स्लाइडर सीटहरूको आरामदायी मिश्रण प्रदानगर्दछ । जाने होइन त नेपालगन्जको सिने रोयल ?


