नेपालगन्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ सुरु

नेपालगन्ज : ‘वेस्टर्न ट्राभल मार्ट’ बिहीबारबाट सुरु भएको छ । नेपालगन्जमा आयोजित मार्टको राउटे मुखिया सूर्यनारायण शाहीले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका कार्यकारी अधिृकत धनन्जय रेग्मीले भारतीय पर्यटकलाई बाधा अड्चन विहीन आतिथ्यता र विविधतायुक्त पर्यटनका लानि स्वागत गर्न नेपाल तयार रहेको बताए ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा)का अध्यक्ष अच्यूत गरागाईंले नेपाल र भारतका पर्यटन व्यवसायीले अवसरको सदुपयोग गर्न सहकार्यको आवश्यकता रहेको औँल्याए ।
यसैगरी हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले हालसम्म नेपालको पर्यटन काठमाडौं, पोखरा, अन्नपूर्ण, सगरमाथा र चितवनमा केन्द्रित रहेको अवस्थामा पश्चिम नेपालमा पहलिोपटक मार्टको आयोजना हुनु खुसीको कुरा भएको बताए ।

कार्यक्रममा आएका अतिथिहरुलाई स्वागत गर्दै नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले भारतीय पर्यटकलाई नाकामा गर्नुपर्ने सम्मान सहजिकरणमा धेरै परिवर्तन आएको र भएका गुनासाहरु सम्बोधन गर्न नेपाल तयार रहेको बताए ।
पश्चिम नेपालका पर्यटकीय क्षेत्रको का रुपमा परिचित नेपालगन्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालनमा आएको हो । मार्ट २८ गतेसम्म सन्चालन हुनेछ ।

प्रतिक्रिया