
काठमाडौँ– वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लम्जुङको दोर्दी गाउँपालिका वडा नं.१ भार्ते घर भई हाल काठमाडौँको बनस्थली ढुंगेधारा बस्ने २८ वर्षीय को सुजन अधिकारी रहेका छन् ।
उनले नुमा के.सीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै उनीबाट पटकपटक गरी बीस लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए ।
प्रहरी टोलीले अधिकारीको खोजतलास गर्ने क्रममा आज काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाएको छ ।