गाउँको सुरक्षामा खटिने खत्रिलाई क्यान्सरले गलायो

गणेश राई, नेपालगन्ज : खजुराको गौघाटमा विगत ५ वर्षयता चौकीदारको रुपमा सेवा गर्दै आइरहेका अस्विर खत्रिलाई क्यान्सर रोगले गलाएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ स्थित गौघाटका ६१ वर्षिय खत्रिलाई पित्त थौलिमा क्यान्सर भएपछि घरमै थलिएका हुन । घरको आर्थिक अवस्था कमजोर रहेको उनको परिवारमा घर धान्ने मान्छे नै क्यान्सर बाट थलिएपछि उपचारमा थप कठिनाई भएको छ ।

एक त उमेर छिप्पदै गएको छ भने रोगले पनि गलाउँदै लगेपछि परिवारमा बज्रपात परे झै भएको छ । अस्बिर यो बेला हिडडुल समेत गर्न नसस्ने अवस्थामा पुगेका छन । शरिरले काम नगर भनिसकेको छ । हट्टा कट्टा ज्यान लुखुरे भएको छ । क्यान्सरको पनि चौथो चरणमा पुगिसकेका अस्बिरको पछिल्ला समय झनै कष्टकर बन्दै छ । गाउँमा कुनै ठुलै काम गर्न परे सबैले अस्बिरलाई नै सम्झन्थे । दाउराको काम गर्न होस या सडक निर्माण गर्न अलि बलियो मान्छेका रुपमा चिनिएका थिए अस्बिर । विस्तारै शरिरमा कमजोरी हुन थालेपछि अस्बिरले चेक जाँच गराए । अन्नत उनलाई क्यान्सर देखियो ।

घर र एक कट्ठा जमिन मात्रै रहेको उनले जमिन बेचेर उपचार गराउन सकेका छैनन् । अस्विरको तिन छोरी र एक छोरा छन् । अहिले उनको स्वास्थ्य अवस्था झनै विग्रदै गएको छ । खजुरामा रहेको शुसिल कोइराला क्यान्सर अस्पतालमा सामान्य उपचार गराइरहेको पिडित अस्बिरले बताए । विरामी अस्बिरको अवस्था नाजुक भएको महसुस गरेर गौघाटका स्थानिय युवाहरुले सहयोग अभियान संचालन गरि केहि रकम सहयोग गरेका छन ।

हाम्रो गौघाट हामी आफै बनाउ अभियानले अस्बिरको उपचारको लागि बचाउ अभियान संचालन गरेर आर्थिक सहयोग गरेका हुन । देश तथा विदेशमा रहने साथिहरु मिलेर अभियान मार्फत सहयोग गरिएको अभियानका संयोजक इन्द्र बहादुर खत्रिले जानकारी दिए । अभियान बाट ५४५३५ रुपैया संकलन गरि हस्तान्तरण गरिएको अभियानका सदस्य थमन वलिले जानकारी दिए । सिंगारु नाँच बाजा समुह जहाँ अस्बिरले पनि महिलाको पहिरनमा नाचँ देखाउने गर्दथे सोहि समुहबाट पनि सहयोग गरिएको थियो ।

बाजा समुहले १० हजार प्रदान गर्यो । हरित सृजना सामुदायिक बनले ५ हजार सहयोग हस्तान्तरण गर्यो । हस्तान्तरण कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य लक्ष्य बहादुर वलि, समाजसेवी याम बहादुर महतरा, कर्ण बहादुर विसी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया