
नेपालगन्ज : नेपालगन्जमा राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न मातृभूमि नवनिर्माण अभियानले आजबाट हस्ताक्षर संकलन अभियानको सुरु गरेको छ ।
नेपालगन्जको बिरेन्द्र चोक अर्थात धम्बोझी चोकमा पुनः राजा बिरेन्द्रको पूरा कदको शालिक स्थापनाको लागी अभियानले धम्बोझी चोकबाट नै एक महिने हस्ताक्षर अभियानको सुरु गरेको हो । अभियानका संयोजक तेज बिक्रम शाहले राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न नेपालगन्जको बिरेन्द्र चोक (धम्बोझी चोक) मा हस्ताक्षर अभियानको सुरुवात गर्दै यो अभियानले दबाब सृजना गर्ने र राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न सबैको साथ र सहयोगको खाचो रहेको बताएका छन् ।
नेपालगन्जको बिरेन्द्र चोकमा राजा बिरेन्द्रको शालिक जुनसुकै परिस्थितमा पनि पुनर्स्थापना गरिने जानकारी गराउदै सम्बन्धित सबैलाई रचनात्मक सहयोग र ऐक्यबद्धता जाहेर गरिदिनुहुन आव्हान गर्दै अभियानका संयोजक तेज बिक्रम शाहले हस्ताक्षर अभियान पछि वडा स्थतरमा अभियान पुग्ने बताएका छन् ।