होलीमा प्रदर्शनमा आउँदै चिसो एस्ट्रे

कवि भुपी शेरचनको कविता चिसो एस्ट्रेबाट प्रभावित भएर बनाइएको नेपाली चलचित्र चिसो एस्ट्रे माघ ४ गते होलीको भोलीपल्टबाट देशभरका सिनेमा घरहरुमा प्रदर्शनमा आउँदै छ ।
उक्त चलचित्रका लेखक एवं निर्देशक दिन्स पाल्पाली, कलाकारहरु दिव्य देव पन्त एवं निकुन श्रेष्ठको टोलीले बिहीबार नेपालगन्जका पत्रकारहरुसँग भेटघाट र अन्तक्रिया गरेका छन् ।

चलचित्रका निर्देशक पाल्पालीले भने ‘हामी चलचित्रको प्रचार प्रसारका क्रममा विभिन्न जिल्लामा पुग्दा ट्रेलर हेरिसकेका दर्शकहरु एकदमै उत्साहित भएको पायौँ । यसलाई कला र एक प्रसिद्ध कविको दृष्टिकोणमा बनेको चलचित्र भएको कारण पनि हामीले धेरै चासो पाएका छौँ ।’ श्रेष्ठले ६ वर्षदेखि चलचित्रको निर्माणमा लागेको बताउँदै लामो समय र ठूलो मिहिनतले चलचित्र बनेको जानकारी दिए ।

अभिनेता दिव्यदेवले ‘चिसो एस्ट्रे’ आफ्नो करियरको एक महत्वपूर्ण चलचित्र भएको बताए । उनले नेपाली दर्शकहरुले अब वास्तविक कला भएको चलचित्रलाई माया गर्नुपर्ने बताए । दर्शकहरुले कलाको परख गर्नुपर्ने र हिजोभन्दा फरक र उन्नत प्रस्तुति भएका चलचित्रलाई हेरिदिनुपर्ने उनले बताए ।
चलचित्रमा दिव्य र निकुनका साथै श्रृष्टि श्रेष्ठ, नवीन लम्साल, रोविन तामाङ र सुशीलराज पाण्डेयको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया