खजुराका दिलु सुनार ‘उत्कृष्ट १०’ मा

नेपालगन्ज : बाँके खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँका दिलु सुनार उत्कृष्ट १० भित्र पर्न सफल भएका छन । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा भैरहेको अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो डान्स युनिभर्समा भाग लिएका खजुराका दिलु सुनार उत्कृष्ट १० मा परिसकेका छन ।

इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा भैरहेको मेरो डान्स युनिभर्स तर्फ बाँकेका युवा कलाकार तथा राष्ट्र सेवक कर्मचारी (नेपाल प्रहरी) समेत रहेका दिलुले पश्चिम नेपालका कला सस्कृतिलाई विशेष जोड दिदैं आफ्ना प्रस्तुती राखिरहेका छन । उत्कृष्ट प्रस्तुती दिइरहेका दिलु लोक सस्कृती तर्फको न्यृत्य गर्नमा माहिर छन । निर्णायकको नजरमा सर्वाेत्कृष्ट मानिएका दिलु सुनारको लागि अब अघि बढ्न भोट समेतको आवश्यकता परेको छ ।

दिलु जिताउँ अभियान संचालन गरेर बाँकेमा उनलाई भोट गर्न समर्थकहरु एकजुट भैरहेका छन । दिलुले सिंगो खजुराको गर्वको बिषय हो खजुराका टिएस ठकुरीले बताए । दिलु सुनार टप टेनमा पुग्नु समग्र जिल्लाकै खुशीको खबर हो त्यसैले सबैले मिलेर उनको पक्षमा भोट गर्नुपर्ने ठकुरीले बताए ।

खजुराका नेतृ एकमाया विकले दिलुको हौसला बढाउन खजुराले मुख्य सहयोग गर्नुपर्नेमा जोड दिइन । दिलु सुनारलाई अघिल्लो राउण्डमा पुगाउन अहिले खजुरेली सगैं बाँकेका कलाकारहरु एकजुट भएको कलाकार सुन्दर गुरुङ्गले जानकारी दिए । दिलु सुनारलाई भोट गर्न को लागि My intra App download गरी भोट गर्न सकिने छ ।

प्रतिक्रिया