स्वास्थ्यमा संवेदनशील खजुरा

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ क्षेत्रको विकासलाई विशेष जोड दिएको छ । नागरिकको स्वास्थ्य नै मुल धन रहेको महसुस गरेको खजुराले स्वास्थ्य सेवालाई विशेष जोड दिएको हो ।

खजुराले स्वास्थ्य शाखा मार्फत आफ्ना कार्यक्रमहरु जनतामाझ लगेर नागरिकमैत्री सेवा प्रदान गरिरहेको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले जानकारी दिए । खजुरा यस्तो ठाउँ हो जहाँ पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल छ । जनताको प्रतक्ष सहभागिता बाट उक्त अस्पताल बन्न सफल बनेको हो । खजुरामा रहेका ८ वडामै स्वास्थ चौकीहरु रहेका छन् । वडा स्तरमा रहेका स्वास्थ्य संस्थाबाट स्थानीयलाई सेवा दिन सकिएको स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले जानकारी दिए । खजुरा गाउँपालिकाले पछिल्ला दिनहरुमा संचालन गरेको जेष्ठ नागरिक तथा अशक्तसँग अध्यक्ष कार्यक्रम एक प्रभावकारी कार्यक्रम हो । यसमा ४ जना स्वास्थ्यकर्मी नियुत्ति गरि २५ सय जनालाई मासिक एकपटक भेटेर स्वास्थ्य परिक्षण तथा आवश्यक रत्त परिक्षण र औषधि वितरण गर्ने गरिएको शाखा प्रमुख ढकालले जनाए ।

जेष्ठ नागरिक तथा अशक्त संग अध्यक्ष कार्यक्रमले गर्दा हरेक घर, समुदायका स्वास्थ्य समस्या पहिचान गर्न समेत मद्धत पुगेको छ । गाउँपालिकाले संचालन गरेको अर्को कार्यक्रम हो सुत्केरी तथा गर्भवतीसंग उपाध्यक्ष कार्यक्रम । यो कार्यक्रमले खजुरा भित्रको ८ वटा स्वास्थ्य संस्थाबाट विपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई क्याल्सीयम वितरण गरिएको थियो । यसबाट गर्भवति तथा सुत्केरीलाई केहि भएपनि राहत दिन कार्यक्रम संचालन गरिएको खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले जानकारी दिइन । चालु आर्थिक वर्षमै खजुराले गाउँपालिका भित्रका वडा नम्बर ४, ६ र ८ मा स्त्री रोग विशेषज्ञ शिविर संचालन गरि ५ सय ५५ जनाको स्वास्थ्य गरिएको थियो । स्वास्थ्य चेकजाँच सहित निशुल्क सुगर जाँचका साथै आवश्यक औषधिहरु समेत वितरण गरिएको छ ।

खजुराले स्वास्थ्यमा संम्वेदनसिल हुँदै कोहि पनि विरामीलाई ओषधि उपचार नपाएर ज्यान गुमाउन नपरोस भनेर आर्थिक सहायता समेत गर्दै आएको छ । विरामिलाई गरिने आर्थिक सहायता पर्याप्त नभएको र त्यसलाई थप गर्दै लैजाने पालिकाको रहेको अध्यक्ष विकले बताए । गाउँपालिकाले खजुरामा निःशुल्क रुपमै गर्भपतन सेवालाई थप गरेको छ । विगतमा वडा नम्बर ३, ५, ७ र ८ मा यो सेवा रहेपनि हाल वडा नम्बर १ र २ बाट पनि उक्त सेवा दिइन सुरु गरिएको छ । क्षयरोगका विरामिलाई उपचारमा सहज होस भन्ने हेतुले क्षयरोगको उपचार केन्द्र थप गरिएको छ । विगतमा ६ वटा स्वास्थ्य संस्थाबाट यो सेवा दिदै आइएपनि अहिले दुई वटा वडामा थप गरि ८ वटै स्वास्थ्य संस्थामा सेवा विस्तार गरिएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदिले जानकारी दिए । खजुराले समय समयमा स्वास्थ्य शिविरको आयोजना गरि जनतालाई स्वास्थ्यको पहुँच सम्म पुगाउन काम गरिरहेको छ । पालिकाले नेपालगन्जमा रहेको फत्तेवाल आखाँ अस्पतालको प्राविधिक सहयोगमा प्राथमिक स्वास्थ केन्द्रहरुमा शिविर संचालन गरिसकेको छ । सुत्केरी महिलालाई पोषिलो खानेकुरा वितरण देखि निशुल्क एम्बुलेन्सको व्यवस्था पनि पालिकाले गरेको छ ।

दिर्घ रोगी, अपांग तथा जटिल विरामिहरुका लागि उपचारमा पालिकाले यो वर्ष मात्र १ सय जनालाई सहयोग प्रदान गरिसकेको छ । गाउँपालिकाले स्वास्थ्य शाखा मार्फत सुत्केरी भएकाहरुलाई दुई पटक सम्म घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने गरेको छ । यसबाट १ हजार बढि आमाहरुले सेवा पाएको स्वास्थ्य शाखाका उप संयोजक लक्ष्मी केसीले जानकारी दिइन । केहि दिन यता खजुरामा देखिएको दादुराको महामारीलाई नियन्त्रण गर्न स्वास्थ्यकर्मि खटाइएको र अहिले पुर्ण रुपमा नियन्त्रण भएको शाखाले जनाएको छ । यो सगै खजुरा गाउँपालिकाले स्वास्थ्य ऐन तथा कार्यविधि निर्माण गरेको छ । स्थानीय तहमा आवश्यक स्वास्थ्य सेवा संचालनका लागि ऐन नियमहरु तयार गरिएको हो ।

खजुरा गाउँपालिका भित्र सबै वडाहरुमा स्वास्थ्यकर्मि तथा महिला स्वास्थ्य स्वय सेविका परिचारलन गरि बालबालिकाको लागि स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरेको थियो । स्वास्थ्य शाखाले पालिकालाई आगामि आर्थिक वर्षका लागि आवश्यक कार्यक्रमहरु तयार पारेर बुझाइसकेको शाखा प्रमुख ढकालले बताए । नागरिकका लागि स्वास्थ्य सेवा सर्व सुलभ रुपमा प्रदान गर्नु नै पालिकाको कर्तव्य भएको खजुरा गाउँपालिका अध्यक्ष विकले बताए । सवास्थ्य सेवा गुणस्तरीय रुपमा संचालन गर्न पालिका हरदम प्रयासरत रहेको अध्यक्ष विकले बताए । उनले स्वास्थ्य उपचार बाट कोहि नागरिक बन्चित नहुने प्रतिवद्धता जाहेर गरे ।

प्रतिक्रिया