थोपाको पहिलो वर्ष : ४६ जनाले गरे रक्तदान

नेपालगन्ज: थोपा प्रयोगशाला/ मलमपट्टि क्लिनिक्स आफ्नो स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

थोपा प्रयोगशाला भवनमा आयोजना गरिएको रक्तदानमा ४६ जनाले रक्तदान गरेको प्रयोगशालाका कार्यकारी प्रमुख सुलभ आचार्यले जानकारी दिनुभयो ।

नेपालगन्ज रक्तसञ्चार केन्द्रसंगको सहकार्यमा आयोजित रक्तदानमा चिकित्सक, प्रयोगशालाकर्मी, नर्सिङ स्टाफ, संचारकर्मी, शिक्षक सहित विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुले रक्तदान गर्नु भएको पनि कार्यकारी प्रमुख आचार्यले बताउनुभयो ।

कुनै पनि बिरामी रगत अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको पनि उहाँको भनाइ छ । थोपा प्रयोगशाला/ मलमपट्टि किल्निक स्थापनाको आज एक वर्ष पूरा भएको छ ।

No description available.

प्रतिक्रिया