नेपालगन्ज : बाँकेको खजुरा गाँउपालिका–७ का किसानहरुलाई धानको वीउ वितरण गरिएको छ । वडा नम्बर ६ कार्यालयको आर्थिक सहयोगमा जनजागरण समाज, खजुराले धानको बीउ उत्पादन गर्ने उद्देश्यले किसानहरुलाई वीउ वितरण गरेको हो ।
७२ जना कृषकहरुलाई ३५ किलोका दरले राधा–४ जातको धानको बीउ वितरण गरिएको जन जागरण समाज खजुराका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले जानकारी दिए । खजुरा गाँउपालिका–७ का वडाअध्यक्ष रामगोपाल यादवले किसानहरुलाई वीउ वितरण गर्दै धानको उत्पादनमा ध्यान दिन किसानलाई आग्रह गरे ।
धानको उत्पादन बढाउन सके किसानको आर्थिक स्तरमा वृद्धि हुने वडाध्यक्ष यादवको अनुमान छ । वडा सदस्यहरु अमानतुल्ला खाँन, हनुमान राढ र सुजिता मानान्धरले कृषकहरुलाई बीउ हस्तान्तरण गरेका थिए । साथै कृषकहरुलाई १ दिने बीउ उत्पादन सम्बन्धी तालिम पनि दिइएको थियो ।













