यस्तो छ नयाँ फाइभ-जी स्मार्टफोन

भारतीय बजारमा मोटोरोलाले नयाँ फाइभ-जी स्मार्टफोन सार्वजनिक गरेको छ।

कम्पनीले मोटोरोला एज ४० फोन सार्वजनिक गरेको हो। उक्त स्मार्टफोन संसारको सबैभन्दा पातलो फाइभ-जी स्मार्टफोन रहेको कम्पनीले दाबी गरेको छ।

मोटोरोला एज ४० आइपी ६८ वाटर रेसिस्टेन्ट (पानी प्रतिरोधक) छ। भारतीय बजारमा यो फोनको मूल्य भारु २९ हजार नौ सय ९९ तोकिएको छ। यो कालो, हरियो र निलो रंग विकल्पमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

मोटोरोला एज ४० ग्लास फ्रन्ट, आल्मुनियम फ्रेम, प्लास्टिक ब्याक वा इको लेदर ब्याकमा निर्माण गरिएको छ। यसको तौल जम्मा १७१ ग्राम रहेको छ। यसको लम्बाई ६.२४ इन्च, चौडाई २.८३ इन्च र मोटाई ०.३० इन्च रहेको छ।

उक्त स्मार्टफोनमा जिएसएम, एचएसपिए, एलटिई र फाइभ-जी प्रविधिमा आधारित छ। यसमा दुई वटासम्म सिम कार्ड राख्न सकिन्छ।

मोटोरोला एज ४० १२८ जिबीको आन्तरिक स्टोरेज सहित ८ जिबी र्‍याम र २५६ जिबी आन्तरिक स्टोरेजसहित ८ जिबी र्‍याम भएको विकल्पमा उपलब्ध छ।

यसमा ५० मेगापिक्सलेको मुख्य, १३ मेगापिक्सेलको अल्ट्रावाइड र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। यो फोनबाट ४ के सम्मको भिडिओ पनि खिच्न सकिन्छ।

फोनमा स्टिरिओ स्पिकर्स पाउन सकिन्‍छ भने ब्लुटुथ कनेक्टिभिटी फिचर पनि समावेश गरिएको छ।

सुरक्षाको लागि मोटोरोला एज ४० मा अन्डरडिस्प्ले फिंगरप्रिन्ट सेन्ट दिइएको छ। यसमा ४,४०० एमएएचको ब्याट्री प्याक दिइएको छ भने ६८ वाटको वायर्ड फास्ट चार्जिङ पाउन सकिन्छ। यसबाहेक १५ वाटको वायरलेस चार्जिङ सुविधा पनि पाउन सकिन्छ।

प्रतिक्रिया