
खगेन्द्र दाहाल : बाँके खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ स्थित जगदिस परियार बेडमा थन्किएको छ महिना पुग्न लाग्यो । जगदिसको पेसा लुगा सिउने हो । त्यहि लुगा सिउन पनि नसक्ने अवस्थामा पुगेका छन् जगदिस । धारामा नुहाउन लाग्दा चोट लागेर जगदिस प्यारालाइसिस अवस्थामा पुगे । अहिले न हिड्न सक्छन न प्रष्ट संग बोल्न नै । यहि चोटका कारण उनले आफ्नो दृष्टी समेत गुमाइसकेका छन ।
घरमा रहेका श्रीमती छोराछोरीको लालन पालन गर्न उनि यो बेडबाट निस्कन सक्दैनन् । अहिले उनको उपचारमा आर्थिक अभाव त छ नै साथै घरको खर्च टार्न समेत मुस्किल छ । जगदिसको हेरचाहमा उनको श्रीमतीको समय जाने गर्छ । श्रीमती पनि विरामी नै छिन, बाहिर गएर कमाएर ल्याउने समय पनि पाउदिनन् । आर्थिक अभावमा उपचारबाट बन्चित हुन पुगेका जगदिसको थप उपचारका लागि सयुक्त राज्य अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँका लिल बहादुर थापा (सिंजाली)ले ३० हजार रुपैया आफ्नो दिदि देउमति थापा र भान्जा दान बहादुर गुरुङको साथमा पठाइदिएका हुन । विरामि जगदिसलाई उपचार गर्न रकम सहयोग हस्तान्तरण गर्दै समाजसेवि दानविर लिल बहादुरका दिदि देउमतिले भाईले दुखि गरिब, असाहयहरुका लागि सहयोग गरिरहेकोले आफ्नै गाउँमा रहेका दुखिहरुलाई मल्लम लगाउन गरिएको आग्रहलाई सहजै स्किार गरेर रकम पठाइदिएको उल्लेख गरिन ।
लिल बहादुरले अमेरिकामा रहेर दैनिक १८ घण्टा का मगर्दै आइरहेका छन् । नेपालमा रहेका दुखि, पिडित, असाहयलाई सेवा गर्न नै उनले सामान्य भन्दा कठिन काम गरिरहेका हुन । बाँकेको खजुरामै लिल बहादुरले एक साहराविहिन महिला लिलावती खत्रिका लागि बस्ने घर आफ्नै व्यक्तिगत लगानिमा निर्माण गरिदिए । त्यसैगरि खजुरा ४ डि गाउँमा बस्ने देवा घर्तिमगरलाई मृर्गौला फेल हुदाँ उपचारमा मुस्किल परेको बखत ३० हजार सहयोग रकम पठाए ।
अहिले उनको उपचार भैरहेको छ । गाउँमा हुने हरेक कार्यक्रमहरुमा उनको सहयोग रहेकै हुन्छ । कुनै कार्यक्रम योजना गर्दा पनि लिल बहादुरलाई खजुरेलिले सम्झने गरेका छन । जगदिस परियारलाई रकम सहयोग हस्तान्तरण गर्दा उनकी श्रीमति चन्द्रकला परियारले लिल बहादुर थापा जसलाई उनले भेट्नुभएको पनि छैन उहाँलाई सात समुन्द्रपारिको देश नेपालबाटै धन्यबाद ज्ञापन गरिन् । उनले लिल बहादुर दुखिको सेवक बनेकोले यस्तो मान्छे पाउन ग्राहो रहेको उल्लेख गरिन् । दुखिको लागी भगवान बनेर आउनुभएको भन्दै उनले कहिलै कष्ट बेहोर्न नपरोस भन्दै आर्शिबाद दिइन ।
सहयोग हस्तान्तरण कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोका क्षेत्री, नि.बर्तमान वडाध्यक्ष तिलकविर सुनार स्थानिय बासिन्दा लगाएतको उपस्थिती रहेको थियो । जगदिसको उपचारमा थप सहयोग मिलोस भनेर स्थानियहरुले पनि सानो सानो रुपमा सहयोग गरिरहेका छन । #लिलबहादुरथापा

