नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन घोषणा

११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन घोषणा भएको छ । आइतबार सोल्टी होटलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनितलाई प्रमाणपत्र वितरण गरे । यस संस्करणमा ‘छक्कापञ्जा ४’, ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘फूलबारी’को वर्चश्व देखिएको छ ।

‘छक्कापञ्जा ४’ उत्कृष्ट फिल्मसहितका १५ विधामा मनोनित हुँदा ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’ समान ११/११ विधामा छानिएका छन् । ‘फूलबारी’ ९ विधामा मनोनित छ । समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले गणतन्त्रपछि नेपाली फिल्मले देश तथा विदेशमा फैलिने अवसर पाएको बताउँदै धर्मनिरपेक्षता, संघीयता र समावेशिताजस्ता संवैधानिक व्यवस्थाको प्रवद्र्धनमा पनि फिल्मले उल्लेखनीय योगदान दिएको चर्चा गरे । घरेलु फिल्मको ६ दशक लामो यात्रामा नेपाली फिल्मको बजार र दृश्यभाषाको गुणस्तरमा विकास भएको भन्दै उपराष्ट्रपति यादवले नेपाली फिल्मलाई अझै अन्तर्राष्ट्रियकरण गर्न नेफ्टाजस्ता अवार्डको भूमिका महत्वपूर्ण हुने बताए । नेपाललाई अन्तर्राष्ट्रिय छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्नुपर्ने खाँचो औंल्याउँदै उनले यसका लागि सबैको सामूहिक प्रयत्न जरुरी हुने बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ फिल्मकर्मीहरु नीर शाह, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुसालसहित फिल्म र संगीतकर्मी समारोहमा उपस्थित थिए । चलचित्र प्राविधिक संघका अध्यक्ष प्रेम बमजन (पुष्कर लामा)ले नेपाली फिल्मलाई विदेशी बजार र डायस्पोरामा फैलाउने मुख्य उद्देश्यले अवार्ड गर्न लागिएको बताए । अघिल्ला पाँच संस्करण विदेशी भूमिमा गरेको नेफ्टाले यो संस्करण चाहिं आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा गर्दैछ ।

फेम नेपाल, यूएस खबर, आर्यन फिल्म्सले अमेरिकी संस्करणको अवार्ड गर्न लागेका हुन् । यसपटक ३० भन्दा बढी फिल्मकर्मी अवार्डमा सहभागी हुन अमेरिका जाँदैछन् ।

यस्तो छ मनोनयन सूची :

सर्वश्रेष्ठ फिल्म कबड्डी ४ छक्कापञ्जा ४ ऐना झ्यालको पुतली द सेक्रेट्स अफ राधा चिसो मान्छे सर्वश्रेष्ठ निर्देशक रामबाबु गुरुङ – कबड्डी ४ हेमराज बीसी – छक्कापञ्जा ४ सुवर्ण थापा – द सेक्रेट्स अफ राधा दीपेन्द्र के खनाल – चिसो मान्छे ज्ञानेन्द्र देउजा – झिंगेदाउ सर्वश्रेष्ठ अभिनेता विपिन कार्की – फूलबारी दयाहाङ राई – कबड्डी ४ दीपकराज गिरी – छक्कापञ्जा ४ अनमोल केसी – ए मेरो हजुर ४ प्रदीप खड्का – प्रकाश सर्वश्रेष्ठ अभिनेत्री अरुणा कार्की – फूलबारी स्वस्तिमा खड्का – चिसो मान्छे मेनुका प्रधान – पानीफोटो सृष्टि श्रेष्ठ – द सेक्रेट्स अफ राधा मिरुना मगर – कबड्डी ४ सर्वश्रेष्ठ सहायक अभिनेता रवि गिरी – ए मेरो हजुर ४ खगेन्द्र लामिछाने – द सेक्रेट्स अफ राधा केदार घिमिरे – छक्कापञ्जा ४ सौगात मल्ल – कबडडी ४ दयाहाङ राई – फूलबारी सर्वश्रेष्ठ सहायक अभिनेत्री दीया मास्के – प्रकाश हिउँवाला गौतम – झिंगेदाउ सिरु विष्ट – ऐना झ्यालको पुतली लक्ष्मी बर्देवा – प्रेमगीत ३ दीपाश्री निरौला – छक्कापञ्जा ४ सर्वश्रेष्ठ डेब्यु अभिनेता सुशिल खड्का – नालापानी कुशल विष्ट – झिंगेदाउ निशान चौहान – डेसान दिनेश खत्री – ऐना झ्यालको पुतली राइडर प्रसन – प्रेमगञ्ज सर्वश्रेष्ठ डेब्यु अभिनेत्री कृष्टिना गुरुङ – प्रेमगीत ३ कञ्चन चिमरिया – ऐना झ्यालको पुतली रक्षा बुढाथोकी – लाखे सुप्रिया खनाल – प्रेमगञ्ज गौमाया गुरुङ – कबड्डी ४ सर्वश्रेष्ठ रङ संयोजन रजन राना – द सेक्रेट्स अफ राधा राजेन्द्र मोक्तान – ऐना झ्यालको पुतली राजेन्द्र मोक्तान – ए मेरो हजुर ४ कपिल पराजुली – छक्का पन्जा ४ अर्जुन कार्की – कबड्डी ४ सर्वश्रेष्ठ छायाकार नरेन्द्र मैनाली – छक्कापञ्जा ४ सञ्जय लामा – ए मेरो हजुर ४ अमर महर्जन – ऐना झ्यालको पुतली राजेश श्रेष्ठ – प्रकाश नरेन्द्र मैनाली – द सेक्रेट्स अफ राधा सर्वश्रेष्ठ सम्पादन विपिन मल्ल – नालापानी किरण श्रेष्ठ – ऐना झ्यालको पुतली निमेष श्रेष्ठ – द सेक्रेट्स अफ राधा निमेष श्रेष्ठ – छक्कापञ्जा ४ निमेष श्रेष्ठ – कबड्डी ४ सर्वश्रेष्ठ पटकथा सुजित बिडारी – ऐना झ्यालको पुतली सुवर्ण थापा – द सेक्रेट्स अफ राधा रिमेश अधिकारी/कृष्ण आचार्य – नालापानी रामबाबु गुरुङ/उपेन्द्र सुब्बा – कबड्डी ४ उपेन्द्र सुब्बा – फूलबारी सर्वश्रेष्ठ पार्श्व ध्वनि शैलेश श्रेष्ठ – ए मेरो हजुर ४ संगम पन्त – ऐना झ्यालको पुतली सुजिल कर्माचार्य – छक्कापञ्जा ४ रोहित शाक्य/शैलेश श्रेष्ठ – छक्कापञ्जा ४ रोहित शाक्य/शैलेश श्रेष्ठ – फूलबारी सर्वश्रेष्ठ ध्वनि मिश्रण उत्तम न्यौपाने – फूलबारी सुनयमान श्रेष्ठ – छक्कापञ्जा ४ अमित श्रेष्ठ – ए मेरो हजुर ४ उत्तम न्यौपाने – लाखे अमित श्रेष्ठ – मन्त्र सर्वश्रेष्ठ द्वन्द्व निर्देशक रोशन श्रेष्ठ – नालापानी रोशन श्रेष्ठ – झिंगेदाउ हिमाल केसी – प्रेमगीत ३ सम्राट बस्नेत – लाखे एनबी महर्जन/कुमार महर्जन – सोल अफ द कमाण्डो सर्वश्रेष्ठ कला निर्देशक आशिका शर्मा – प्रकाश काला संग्रौला – ऐना झ्यालको पुतली विनोद कडायत – प्रेमगीत ३ कृष्ण राई/उद्धवराज भट्टराई – नालापानी पासाङ टी शर्मा – मन्त्र सर्वश्रेष्ठ वेशभूषा सुजनरत्न परियार – द सेक्रेट्स अफ राधा विनिता कडायत – चिसो मान्छे जानकी कडायत – ऐना झ्यालको पुतली कमलप्रसाद मिश्र – नालापानी सुनिता श्रेष्ठ – छक्कापञ्जा ४ सर्वश्रेष्ठ श्रृंगार र हेयर शमशेर लामा/झरना राई – द सेक्रेट अफ राधा शमशेर लामा – चिसो मान्छे रवि केसी/निशा लामा – नालापानी मनोज तामाङ/काव्या थापा – ए मेरो हजुर ४ श्रद्धा मास्के/सरस्वती श्रेष्ठ – छक्कापञ्जा ४ सर्वश्रेष्ठ नवनिर्देशक सुजित बिडारी – ऐना झ्यालको पुतली खगेन्द्र लामिछाने – पानीफोटो शिवहरि पौडेल – लक्काजवान परिच्छेद सेन – प्रेमगञ्ज रिमेश अधिकारी – नालापानी सर्वश्रेष्ठ भीएफएक्स अच्युत गजुरेल – नालापानी गड रेज पिक्चर्स – प्रेमगीत ३ द पिक स्टुडियो – झिंगेदाउ समिर मिया – प्रेमगञ्ज सत्यम राना/अच्युत बजगाईं – ए मेरो हजुर ४ सर्वश्रेष्ठ गीतकार आमाको मन – प्रमोद ढुंगाना (झिंगेदाउ) फेरी भेट होला नहोला- कृष्णहरि बराल (प्रेमगञ्ज) आज युद्ध शिरमा छ – सुजिल कर्माचार्य (नालापानी) सिरुपाते जुँगामा – शंकर अधिकारी घायल (छक्कापञ्जा ४) उड उड चरी उड – कालीप्रसाद बाँस्कोटा (फूलबारी) सर्वश्रेष्ठ संगीतकार उड उड चरी उड – कालीप्रसाद बाँस्कोटा/अनुपम शर्मा (फूलबारी) आँखामा सपना केसरी – एसडी योगी (कबड्डी ४) सिरुपाते जुंगामा – बबुल गिरी (छक्कापञ्जा ४) फेरि भेट होेला नहोला – गैरे सुरेश (प्रेमगञ्ज) कुनै दिन यस्तो – अर्जुन पोखरेल (कृष्णलीला) सर्वश्रेष्ठ गायन पुरुष उड उड चरी उड – कालीप्रसाद बासकोटा (फूलबारी) आँखामा सपना केसरी – एसडी योगी (कबड्डी ४) सिरुपाते जुँगामा – बाबुल गिरी (छक्कापञ्जा ४) बाबरी रंग – अनमोल गुरुङ (बाबरी) कुनै दिन यस्तो – सुगम पोखरेल (कृष्णलीला) सर्वश्रेष्ठ गायन महिला कुनै दिन यस्तो – अञ्जु पन्त (कृष्णलीला) फेरि भेट होला नहोला – स्वस्तिका ठकुरी (प्रेमगञ्ज) बाबरी रंग – अस्मिता अधिकारी (बाबरी) मीठो मीठो मनभित्र – देवाञ्जली बी जोशी (ह्यारीकी प्यारी) हर युग होस् – प्रविशा अधिकारी (प्रेमगीत ३) सर्वश्रेष्ठ नृत्य निर्देशक दर्शन सलाम – कविराज गहतराज (छक्कापञ्जा ४) माया जदौ – कविराज गहतराज (हिजोआजका कुरा) मन त सधैं लक्का जवान – कविराज गहतराज (लक्का जवान) आगोबिना बिंडी जल्दैन – रामजी लामिछाने (झिंगेदाउ) हात्ती ढुंगामा – कविराज गहतराज (प्रेमगीत ३)

प्रतिक्रिया