
११ औं नेफ्टा फिल्म अवार्ड २०७९को उत्कृष्ट पाँच मनोनयन घोषणा कार्यक्रम यहि बैशाख ३१ आइतबार ९मे १४, २०२३० मा हुने भएको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार २०७९ मा प्रदर्शनमा आएका चलचित्र मध्ये सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गर्ने कार्यक्रम तय गरिएको हो।
जुरीले गरेका मूल्यांकनको आधारमा उत्कृष्ट पाँच घोषणा हुने अध्यक्ष लामाले बताए। उक्त कार्यक्रम सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथित्यतामा कार्यक्रम हुने भएको हो । कार्यक्रम होटल सोल्टीमा दिउँसो १ः३० बजे हुने बताइएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार सँगै चलचित्रकर्मीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले नेफ्टा अवार्ड गर्न लागिएको अवार्डको आयोजक युस खबर मिडिया नेटबर्कका संचालक तथा सम्पादक ओम आचार्यले बताए ।
यसअघि नेफ्टाका विदेशी संस्करणहरू यूएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेका छन् । अमेरिकी संस्करणका लागि यूएसखबर सहित फेम नेपाल एलएलसी, आर एण्ड एस फाउण्डेसन र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् ।