खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँकी बेसहारा लिलावती खत्रिका लागि अमेरिका बस्ने लिल बहादुर थापाले बस्ने घर बनाइदिएका छन ।
खजुरा घर भएका तर हाल अमेरिकाको वासिन्टन स्टेटमा बस्दै आएका लिल बहादुर थापाले आर्थिक अवस्था कमजोर भएकी विपन्न अवस्थाका लिलावतीको लागी बस्ने घर निर्माण गरिदिएका हुन । ७ लाख ५० हजार बढिको लगानी लगाएर थापाले खत्रिको बसोबासका लागी घर निर्माण गरिदिएका हुन ।
बरन्डा , सौचालय र भान्सा सहित टिनको छाना रहने दुई कोठे भवनको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले एक समारोहका विच उक्त घरको उद्घाटन गरे । कच्चि चुहिने सानो घरमा बस्दै आइरहेकी लिलावतीको नयाँ पक्कि घर बनाइदिने दानविर समाजसेवी थापालाई गाउँपालिकाले अमेरिकाबाट नेपाल आउँदा भव्य रुपमा स्वागत सम्मान गर्ने अध्यक्ष विकले उद्घाटन गर्दै भने । हरियो कलर लगाएको नयाँ घर पाएपछि लिलावती हर्सित छिन् ।
अमेरिका बस्ने लिल बहादुरले विभिन्न समयमा आर्थिक अवस्था कमजोर हुनेहरुलाई गास बास र कपासको लागी सहयोग गर्दै आइरहेका छन । लिलावतीको घर निर्माण उनको तेस्रो सहयोग हो । अन्य दुई जना विपन्न वर्गको यस अघि पनि घर बनाइदिसकेका छन । गाउँ घरमा हुने हरेक सामाजिक कार्यमा उनले अमेरिकामै रहेर पनि सहयोग गरिरहेका हुन्छन । लिल बहादुरका भान्जा दान बहादुर गुरुङको विषेश पहलमा उक्त घर निर्माण भएको हो । घर निर्माणमा भान्जा दान बहादुरले नै रेखदेख, खटनपटन गर्दै आएका थिए ।
उद्घाटन तथा घर हस्तान्तरण कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्री, वडा सदस्यहरु, वडा नम्बर ४ का पुर्व वडाध्यक्ष तिलकविर सुनार, लिल बहादुर थापाका दाई दिदिहरु, गुल्मी बाट जिटिभी नेपालका अध्यक्ष दिपक नेपाली, खजुरा बाँकेका पत्रकार खगेन्द्र दाहाल, स्थानिय बुद्धिजिवी, गाउँलेहरु लगाएतको उपस्थिती रहेको थियो । अमेरिकामै रहेका लिलबहादुर लाई बेसहरा लिलावतीले आफ्नो परिवारको सदस्यभन्दा पनि माथिको जस्तो गरि गरेको सहयोग प्रति धन्यबाद दिइन । लिलावतीले दानविर लिल बहादुरलाई भाईका रुपमा आगामि भाईटिकामा टिका लगाउन चाहेको इच्छया व्यक्त गरिन । उपस्थित जन प्रतिनिधिहरुले सरकारले गर्ने काम अमेरिकामा बसेर गरेको दुखको पैसाले लिल बहादुरले गरेको भन्दै धन्यबाद दिए । कार्यक्रमको संचालन स्थानिय समाजसेवी अर्जुन थापाले गरेका थिए । लिल बहादुर २००८ डिसेम्बर ६ मा डिभि परेरै अमेरिका गएका थिए ।