खजुरामा अनलाइनबाटै सेवाग्राही सन्तुष्टि सर्वेक्षण गरिदै

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम मार्फत नागरिकको सुझाव लिन सुरु गरेको छ । गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहका विषयमा नागरिकले कत्तिको सन्तुष्टि पाइरहेका छन भन्ने बारेमा सर्वेक्षण फारम मार्फत बुझ्न खोजेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए । कार्यालायले नागरिक प्रतिको सेवा प्रबाहलाई प्रभाबकारी बनाउन गुगल फरमेटबाट नागरिक सेवाप्रबाहको सन्तुष्टि सर्बेक्षण गरि सेवा प्रबाहमा आबस्यक सुधारको योजना बनाएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताए । सेवाग्राही सन्तुष्टि सर्वेक्षण फारममा ११ प्रश्न समावेस गरिएका छन ।
१.तपाईले यस खजुरा गाउँपालिका कार्यालयबाट समग्रमा कतिको सन्तुष्टि पाउनु भयो ?
२. सेवा लिन जाँदा कर्मचारीहरुको व्यवहार प्रति तपाई कतिको सन्तुष्ट हुनुहुन्छ ?
३.काम गर्ने प्रणाली र प्रकिया कस्तो छ ?
४. यस कार्यालयले सम्पादन गरेको कामको सूचना कुन माध्यमबाट प्राप्त गर्नुभयो ?
५. तपाईले सेवा लिन आउँदा तोकिएको दस्तुर बाहेक कुनै अतिरिक्त रकम तिर्नु भयो ?
६. तपाई कार्यालयको भौतिक संरचना,खानेपानी,शौचालय,प्रतिक्षालयको व्यवस्थापनबाट कतिको सन्तुष्ट हुनुहुुन्छ ?
७. तपाईले राखेको गुनासो समयमानै सुनुवाई भयो ?
८. तपाई यस कार्यालयमा सेवा लिन आउँदा कसको सहयोग लिनु भयो ?
९. यस कार्यालयमा तपाईले एउटा कामको लागि कति पटक धाउनु पर्यो ?
१०. यस कार्यालयमा सेवा प्रवाह कतिको सरल पाउनु भयो ?
११. सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप केही सुझाव भए लेख्नुहोस ? यि प्रश्नहरुका माध्यम बाट पालिकाले सर्वेक्षण गर्न लागेको हो ।

यहाँहरुले यो लिन्क किलिक गरि गुललमा गै त्याहा राखिएको फारम भरी आबस्यका सुझाव दिन सक्नु हुनेछ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSft7FVrWPjsPw7VKkovNJmKLw7Wmchhrlj_wO2lBFqJenA-pw/viewform

प्रतिक्रिया