खजुराको योगिनीमा फाल्गुन २८ देखि रनिङ शिल्ड प्रतियोगिता

खजुरा : खजुरा गाउँपालिका अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिताको तैयारी तिव्र पारिएको छ ।

शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्लका अनुसार यस वर्ष योगिनी माबी गौघाटमा फाल्गुन २८ गते देखि अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिने हुदाँ सोहि अनुसार तयारीलाई तिव्र पारिएको हो । मेयर रनिङ शिल्ड प्रतियोगिता तैयारी सचिबालय कक्षको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गर्नुभएको छ ।

कक्षपतिले सचिबालयको बैठक रिपोर्टिङ र फिल्ड निरिक्षण गर्ने कार्य समेत गरेका गर्नुभएको छ । योगिनी माबी गौघाट खजुरा गाउँपालिका वडा न २ सितापुरमा हुन गैरहेको खेलकुद प्रतियोगितालाई सफल बनाउन आवश्यक तयारी गर्न सम्बन्धितलाई निर्देशन दिनुभयो । अध्यक्ष कक्षपतिले प्रतियोगिताले खजुराका नयाँ खेलाडिलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

प्रतिक्रिया