बारा- २ मा जसपाका उपेन्द्र यादवको अग्रता

बारा- २ मा जसपाका उपेन्द्र यादवले अग्रता कायम गरेका छन् । उनले २२४ मत पाउँदा उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १७० मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका पुरूषोत्तम पौडेल १६६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् । आम जनता पार्टीका अरूण ज्ञवालीले १२ पाएका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया