‘महिलाको आवाज सुनिनुपर्छ’ –उपाध्यक्ष मल्ल

नेपालगन्ज : खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले महिलाको आवाज सुनिनुपर्ने बताएकी छन । महिलाहरुको लागि जनचेतना जगाउन गरिएको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष मल्लले महिलाको आवाज अधिकास क्षेत्रमा दवाइदै आइएको बताउँदै अब उक्त आवाजलाई सशक्त्त बनाइनुपर्नेमा जोड दिइन ।

महिला बालबालिका संरक्षण केन्द्रको आयोजना तथा खजुरा गाउँपालिका वडा नम्बर चारको सहयोगमा गरिएको कार्यक्रममा उपाध्यक्ष मल्लले यस्तो बताएकी हुन । मल्लले ग्रामिण स्तरमा रहेका महिलाहरुको आवाज स्थानिय सरकार सम्म पुग्न नसकिरहेको अवस्थामा सम्बन्धित सरोकारवालाले यस तर्फ चासो बढाउन आग्रह गरिन् । पालिकाले पनि ग्रामिण स्तरमा रहेका महिलाहरुको विकासका लागि कार्यक्रमहरु ल्याउन थप योजना बनाइरहेको उपाध्यक्ष मल्लले जानकारी गराइन । महिलाको नाममा दिइने अवसर भन्दा पनि क्षमताको आधारमा महिलाले पनि पुरुष सरह जिम्मेवारी पाउनुपर्नेमा उनको जोड थियो । पुरुष सरह महिलाले जिम्मेवारी नपाउँदा सधै पछि परेको उनको ठहर छ ।

महिला तथा बालबालिका संरक्षण केन्द्र खजुराका अध्यक्ष लिला सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर चारका वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रीले महिलाको चेतनाको विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा गम्भिर भएर सोच्न आवश्यक रहेको बताए । वडाध्यक्ष रोकाक्षेत्रीले महिलाहरुले आफ्नो सिपलाई फराकिलो बनाउँदै लगे विकास सगै आर्थिक समृद्धि आउने उल्लेख गरे । वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीले नयाँ प्रविधिको उचित प्रयोग गर्न नजान्दा धेरे महिलादिदिबहिनी पिडित बनेको उल्लेख गरे । उनले प्रविधिमा महिलाहरुलाई अघि बढाउन आवश्यक रहेको भण्डारीले बताए ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले महिला तथा लक्षितवर्गका लागि भनेर कहिले सम्म जनचेतनाका नाममा कार्यक्रम गर्दै जाने भनेर प्रश्न गरे । प्रमुख प्रशासकिय अधिकृत सुवेदीले सिमित दायरामा जनचेतनाका कार्यक्रम संचालन गरिएको हुदाँ यसलाई पनि ग्रामिण स्तरमा पुगाउनुपर्नेमा जोड दिए । महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउन पालिकाले आगामि योजना बनाइने उल्लेख गरे । इलका प्रहरी कार्यालय धनौली खजुराका इन्चार्ज सन्दिप बेलबासेले महिलाहरुको अधिकास सुनश्चित भए मात्र समाज रुपान्तरण गर्न सहज हुने उल्लेख गरे । खजुरा गाउँपालिका वडा नम्बर चारका निवर्तमान वडाध्यक्ष तथा महिला बालबालिका संरक्षण केन्द्रका सल्लाहकार तिलकविर सुनारले महिलाको हक अधिकारको बारेमा खुलेर बहस गर्नुपर्नेमा जोड दिए । उनले महिलाहरुलाई क्रियासिल बनाउन सके सामाजिक विकासमा टेवा पुग्ने बताए । कार्यक्रममा खजुरा गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपाने र संचारकर्मि ओविराज आचार्यले सहजिकरण गरेका थिए । कार्यक्रमको संचालन दुर्गा सुनारले गरेकी थिइन ।

प्रतिक्रिया