
स्थानीय तहमा आएका जनप्रतिनिधिको पहिलो कार्यकाल सकिन लागेको छ । आगामी वैशाखमा निर्वाचन गर्ने गरी निर्वाचन आयोगले मिति तोकिसकेको अवस्था छ । अहिलेका जनप्रतिनिधिले आफ्नो कार्यकालमा के कस्ता उपलब्धिमुलक काम गरे त ? बाँकेको राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारु संग निशु जोशीले गर्नुभएको कुराकानी :
१. स्वागत छ यहाँलाई ?
धन्यवाद
शिक्षाको कुरा गर्दा हामी निर्वाचित भएर आउनुअघि तत्कालीन गाविस हुदाँ विद्यालयहरु भर्ति केन्द्र मात्र बनेका थिए । विद्यालयका कर्मचारीहरु पनि काज मीलाउने र दवन्दिमा जाने चलन थियो । विद्यालयको पढाई अस्तव्यस्त बनेको थियो । हामी आइसकेपछि शिक्षा क्षेत्रमा धेरै सुधार भएको हामीले महसुस गरेका छौ ।
स्वास्थ्य क्षेत्रको कुरा गर्दा अहिले पनि स्वास्थ्य सेवा लिन हस्पीटलमा जानुपर्ने भएमा यहाँबाट ५४ किलोमीटर नेपालगन्ज अथवा ४० किलोमिटर टाढा रहेको कोहलपुर जानुपर्ने अवस्था छ । हाम्रो पालिकामा एउटा पनि हस्पीटल छैन ।
हामी आउनुअघि पालिकामा ६ वटा मात्र स्वास्थ्यचौकि थियो । अहिले हामीले ९ वटै वडाबाट स्वास्थ्य सेवा दिनका लागि बाँकी वडामा समेत स्वास्थ्य चौकि बनाइरहेको अवस्था छ । गाँउपालीकाको लगानीमा १५ सैयाको वेड निर्माणको काम सुरुवात भएको छ ।
पालिकाको आफ्नै लगानीमा कर्मचारी व्यवस्थापन, औषधि व्यवस्थापनदेखी सबै क्षेत्रको व्यवस्थापन र सुधार गर्दैछौ । धेरै काम त भएको छैन होला तर काम गर्न सुरुवात गरेका छौ ।
बाटोको कुरा गर्दा चुनावमा गाँउ गाँउ जाँदा गाडिमा धक्का लगाउनुपर्ने अवस्था हामी आफैले भोगेका थियौ । यहाँको बाटोको अवस्थाका बारेमा पत्रपत्रिकामा पनि समाचार आएको थियो । अहिले आवश्यक्ता अनुसार केहि बाटोहरु पिज गरेका छौँ । पालिकामा भएको बजेट अनुसार जे जति छ सुरुवात गरेका छौं l
हामीले पर्यटन प्रवद्धनका लागि समेत पालिकामा मठमन्दिर व्यवस्थापन लगायतका कामहरु पनि गरेको अवस्था छ । भुवरभवानी मन्दिर, बाँबा वर्फानी, वडा नं ८ को मन्दिर, वडा नं १ मा रहेको शिव मन्दिर, वडा नं ४ मा रामकुटिको मन्दिर, वडा नं ७ मा रहेको मन्दिर लगायतलाई सुधार, मर्मतको काम गरेका छौँ ।
निर्वाचित भएपछि धेरै क्षेत्रमा लगानी गरेसंगै उपलव्धी हासील भइरहेको महसुस पनि गरेका छौँ । कृषि, भेटनरीदेखी लिएर, शिक्षा, स्वास्थ्यलाई प्राथमीकतामा राखेर यो ४ वर्ष वित्यो । धेरै काम हामीले भन्नुभन्दापनि यहाँहरुले प्रत्यक्ष हेरेर महसुस गर्न सक्नुहुन्छ ।
२. तपाईले चुनाव जित्नुअघि गरेका वाचा कति पुरा गर्नुभयो ?
हामीले कामको सुरुवात गरेका छौँ । जग्गासम्वन्धि देखीएका समस्या समाधान गर्नका लागि अमिन ल्याएका छौ । अबको २÷४ दिनमा त्यो काम सुरु हुन्छ । बाटोघाटो, शिक्षा, स्वास्थ्यका कामहरुबारे अघि पनि जानकारी गराँए ।
सबै ठाँउमा बाटो बनाउन सम्भव छैन । आवश्यक्ताका आधारमा बोलेका कुराको सुरुवात गरेका छौ । कुनै काम गर्न ४÷५ वर्ष लाग्न सक्ने अवस्था छ भने कुनै तत्काल गर्न सकिने छ । हामी आएको ४ वर्ष मात्र भयो । यो अवधीमा हामीले गरेको उपलब्धीमुलक काम भनेको सर्पदंश उपचारकेन्द्रको स्थापना पनि हो । नेपाल आर्मिसंगको सहयोगमा जिल्लामै हामीले सर्पदंश उपचार केन्द्र निर्माण गरेका छौ ।
हाम्रो पालिका प्राकृतिक विपतीको चेपेटामा छ । कहिले शितलहर, कहिले आगलागी त कहिले डुवानमा पर्ने गरेको छ । यी विपतहरु हामी रोक्न त सक्दैनौ तर जोखीम न्युनीकरणका लागि काम गरीरहेका छौ । डुवानमा परेकालाई उद्धार गरेर राख्नका लागि र अन्यप्रयोजनका लागि पालिकामा ९ वटा वहुउद्येश्य हल निर्माण गरेका छौ ।
हाम्रो कार्यकालमा केहि प्रत्यक्ष देखीने कामहरु पनि भएका छन् भने केहि काम नदेखीने पनि छन् । जस्तो सामाजीक विकासका लागि जनचेतनाका काममा पनि ध्यान दिएका छौ ।
३. भौतिक संरचना निर्माण कतिको भइरहेको छ ?
हामीकहाँ स्वास्थ्य, शिक्षाका लागि नै मुख्य भौतिक संरचना निर्माण भएको अवस्था छ । गाँउपालिकामा सानोतिनो पुल पुलेसा निर्माण गरेका छौ । केहि संघ, प्रदेश सरकारको सहयोगमा र केहि पालिकाकै लगानीमा भौतिक पुर्वाधार निर्माण भएका छन् ।
४. तपाईहरुले शिक्षा र स्वास्थ्यलाई बढी प्राथमीकतामा राख्नुको कारण के हो ?
हामीले विद्यालयलाई पत्र काटेर नै कुन पनि शुल्क लिन नपाइने गरी नियम बनायौँ । विद्यालयलाई आवश्यक परेको प्रशाशनीक खर्च समेत दिने गरेका छौ । त्यसैले यहाँका सामुदायीक विद्यालयमा धेरै परीवर्तन आएको छ । हुन त शिक्षामा लगाएको लगानीको रिजल्ट आउन १० वर्ष लाग्छ । तैपनि हाम्रो ३ वर्षको लगानीले उपलब्ध भएकै छ । उदाहरणका लागि सामुदायीक विद्यालयमा प्रतिष्पर्धा भइरहेको छ । सरकारी विद्यालयमा विद्यार्थी भर्ना गर्न तानातान भइरहेको छ । पहिले बोडिङका लागि हुने गरेको थियो ।
अहिले शिक्षकहरु पनि, विद्यालय व्यवस्थापन समिति र अभिभावक सबै शिक्षा सुधारका लागि लागिपरेका छन् । सबैले गुणस्तरीय शिक्षाका लागि चासो दिन थालेका छन् । यो उपलब्धी हो भन्ने महसुस भएको छ । यो वर्ष हामीले ६ करोडको लगानी गरेका छौँ । भौतिक संरचनामा गतवर्ष पनि ६ करोड लगानी गरेका थियौँ । यसमा समन्वय समतिको लगानी पनि छ ।
५. आगामी योजनाहरु के के छन् ?
अवको मेरो योाजना भनेको अवसर पाएको खण्डमा आगामी दिनमा क्षमता अनुसार यी कुराहरु प्राथमीकता दिनेछु । पहिलेपनि मैले सामाजीक काम गर्दै आएको हो । हामीकहाँ हरेक कुरामा सरकारलाई, अरुलाई मात्रै दोष लगाउने प्रवृति छ। त्यो भन्दा माथि उठेर आफ्नो जिम्मेवारी सबैले पुरा गर्न ध्यान दिनुपर्छ जस्तो लाग्छ ।
हामीले गर्न बाँकी रहेका अधुरा कामहरु सम्पन्न गर्न सक्यो भने हाम्रो पालिका कायापलट हुने सम्भावना छ । रोजगारको कुरा गर्दा हाम्रो पालिकामा पर्यटनमा सम्भावना छ । कृषिमा र वनजंगलका कारण पनि सम्भावना छ । जस्तै ः भैसिपालन, बाख्रापनल गर्न सकिन्छ । यसका लागि हामी संघ, प्रदेश सरकारसंग हातेमालो गर्दै अघि बढिरहेका छौँ ।
६. राप्तीसोनारी गाँउपालिकामा उद्योगको सम्भावना, अवस्था के छ ?
नेपाल सरकारको औद्यौगीक ग्रामको परीकल्पनाअनुसार काम सुरु भएको अवस्था छ । निजि क्षेत्रको लगानीमा वडा नं २ मा कागज उद्योगको सुरुवात भएको छ । करीब ३ सय करोडको लगानीमा खुल्न लागेको उक्त उद्योगले पनि रोजगारीको सम्भावना छ ।
राप्ती नदिमा बोटिङ सन्चालन गर्ने कुरा पनि चलिरहेको छ । यसको कसरी सुरुवात गर्ने भन्ने छलफल छौँ । पर्यटनबोर्डको टिमसंग छलफल गरीरहेका छौँ । यसका लागि प्राविधिक कुरामा ध्यान दिनुपर्ने भएकाले यसमा पनि केहि समय लाग्ला ।
७. राप्तीसोनारी गाँउपालिका निजि क्षेत्रसंग सहकार्य गरेर अघि बढ्ने कत्तिको तयार छ ?
पालिकाको हकहितका लागि र स्थानीयको रोजगारी सृजनाका लागि हामी निजि क्षेत्रसंग पनि सहकार्य गर्न तयार छौ । तर त्यसले पुग्ने फाइदा र बेफाइदाबारे पहिले छलफल गर्नुपर्ने हुन्छ ।
८. अन्तिममा भन्न छुटेको केहि छ कि ?
जादाँजादै म शिक्षामा जोड दिन चाहान्छु । व्यक्तिगत जीवन सुधारका लागि अति आवश्यक भएकाले पनि शिक्षालाई प्राथमीकतामा राख्न जरुरी छ । सहि शिक्षा पाएको जनशक्तिले परीवर्तन ल्याउने हुँदा गुणस्तरीय शिक्षा र उच्च शिक्षाका लागि सबैले चासो दिनु आवश्यक छ । यस क्षेत्रका नागरीकहरु शिक्षित भएको खण्डमा यो क्षेत्रको विकासमा कायापटल नै हुने छ । त्यसैले म शिक्षामा विशेष जोड दिन पालिकावासिमा आग्रह गर्न चाहान्छु ।