बाँके: कोहलपुर नगरपालिकाले गन्दर्भ तथा विपन्न दलित परिवारलाई आवास घर हस्तान्तरण गरेको छ ।आज एक औपचारीक कार्यक्रम गरी गन्दर्भ तथा विपन्न दलित परिवारलाई आवास घर हस्तान्तरण गरेको हो । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, कार्यपालिका सदस्य दिल बहादुर परियार, कल्पना अधिकारी, ११ वडा अध्यक्ष कर्ण बहादुर थापाले हस्तान्तरण गरेका थिए ।
आवास १७ घर परिवार गन्धर्व, २ घर वादी र १ घर एकल अपांग दलित महिलालाई हस्तान्तरण गरिएको हो । २ करोड लगातमा २० वटा घर तथा शौचालय निमार्ण गरिएको छ ।
यस्तै हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले गन्दर्भ र विपन्न दलित परिवाहरुलाई सधैको लागि स्थायीत्व प्रदान गर्ने गरी आवास दिएको बताए । रावतले ‘कोहलपुरमा गन्दर्भ र विपन्न दलितहरुको लागि भनेर बजेट कही बाट आएको होइन्,’ यो कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुको देन हो । फेरी पनि गन्दर्भ र विपन्न दलित परिवारका लागि आयआर्जनको निम्ती विभिन्न कार्यक्रम संचालनमा ल्याइएको रावतले कार्यक्रममा भनेका छन ।