गाभरमा ‘क्रसकन्ट्री’ ओलम्पिक विधामा सम्पन्न

नेपालगन्ज : बाँकेको गाभरमा क्रसकन्ट्री ओलम्पिक विधामा सम्पन्न गरिएको छ । लुम्बिनीप्रदेश स्तरीय खेलमा महिला सहभागी ६ र पुरुष १३ गरी जम्मा १९ जना खेलाडीहरुको सहभागीता थियो ।

४.५ किलो मिटरको दुरी भएको ट्रेलमाभएको प्रतियोगितामा महिलातर्फ निर्धारित २ल्याप ५१ मिनेट ४१ सेकेण्डमा पार गर्दै रुपा थारुले प्रथम स्थान हासिल गरेकी छन । १ घण्टा १० सेकेण्डमा एसी श्रेष्ठ द्धितीय र १ घण्टा २ मिनेट २ सेकेण्डमा रिमा थारु तृतीय स्थान प्राप्त गरेकी छन ।
त्यसैगरी सोही रुटमा निर्धारित ३ ल्याप ५२ मिनेट २७ सेकेण्डमा पारगर्र्दै जङगु थारु प्रथम भए । ५३ मिनेट २७ सेकेण्डमा देव बहादुर बोहोरा दोस्रो र ५६ मिनेट ३२ सेकेण्डमा शिव प्रसाद थारु तृतीय भए । बिजयी खेलाडीहरुले नगद, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका थिए । खेलमा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश शाहीले झण्डा उचालेर प्रतियोगिताको शुरुवात गरेका थिए । बिजयी खेलाडीहरुलाई पुरस्कार सहित प्रमाण पत्र बैजनाथ गाउँपालिका वडा १ का वडा अध्यक्ष रुप बहादुर मल्ल लगाएत अतिथितिहरुले वितरण गरेका थिए ।

बाँके जिल्ला साईक्लिङ संघको आयोजना तथा नेपाल साईक्लिङ संघको प्राविधिक सहयोगमा गाभर भ्यालीमा भएको प्रतियोगितामा प्रदेश खेलकुद परिषद लुम्बिनी, जिल्ला खेलकुद विकास समिति बाँके, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, राप्तिसोनारी गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, जुवलोजिकल सोसाईटी अफलण्डन (जेड एस एल),पर्यटन विकास परिषद रुपन्देही,ओम एडभरटाईजिङ नेपालगञ्ज,केटिएम सिटी, कौशिल्या अस्पताल कोहलपुर, बैजनाथपालिका स्तरीय साईक्लिङ संघ,नेपालगञ्ज साईक्लिङ क्लव, रारा राधा रानीमहिलामध्यवर्ती सामुदायिकवनउपभोक्ता समिति,गाभर भ्याली सामुदायिकहोमस्टे, नाटा बाँके च्याप्टर, नेपालगञ्ज साईक्लिङ संघ, नेपालगञ्ज बाईसाईकल, इश्वरी युनाईटेड र हट एण्ड चिल्ली रेष्टुरेण्टको प्राविधिकतथाआर्थिक सहयोग रहेको थियो भने दैनिक नेपालगञ्ज र खबरगञ्ज मिडिया पाटनर रहेका थिए ।

खेल सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण सहयोगीहरु प्रति आयोजक बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापाले धन्यबाद दिएका छन ।

प्रतिक्रिया